सेफको जिम्मेवारी हस्तान्तरण

पोर्चुगल । फरेनर्स एण्ड बोर्डर्स सर्भिस (सेफ) को जिम्मेवारी आजबाट हस्तान्तरण भएको छ ।

सेफको बाँकी काम अब एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम (एआईएमए) ले काम सुरु गरिसकेको छ । सापाको वेबसाइट परिवर्तन भएको छ । त्यहाँका कर्मचारी नयाँ निकायबाट काम थालेका छन् ।

सेफ खारेज हुनुअघि तीन लाख बसोबास अनुमति निर्णय हुन बाँकी छ । अब नयाँ निकाय गठन भएसँगै पेन्डिङमा रहेका काम छिटोछिटो हुने जनाइएको छ ।

पोर्चुगलमा बसोबास अनुमति प्राप्त गर्नको लागि विभिन्न देशका २ लाख ९२ हजार आवेदन पेन्डिङमा छन् । एक वर्षअघिको मिती नै प्रक्रियामा आउन सकेको छैन ।

सेफको सापा अनलाइन पोर्टलमा दैनिक एक हजार जना विदेशी नागरिकले पोर्चुगलमा बसोबास गर्ने रुचीको अभिव्यक्ति (सेफ लक गर्ने) गर्छन् ।

सेफका निर्देशक पाउलो बटिस्टाले अथक प्रयास गरेर धेरै नयाँ आवास अनुमतिहरु जरी गरिएको केही दिनअघि बताएका थिए । स्रोत र साधानले भ्याएसम्म विदेशीलाई कार्ड दिइएको उनको भनाइ  ।

यस वर्ष सेफले ३ लाख ६ हजार विदेशीलाई नयाँ आवास अनुमतिहरू जारी गरेको छ ।

तथ्याङ्क अनुसार पोर्चुगलमा सबैभन्दा बढी प्रतिनिधित्व गर्ने विदेशी समुदाय ब्राजिलियन छन् । चार लाख ७ सय ५९ ब्राजिलियन हुँदन दोस्रोमा युक्रेनी पर्छन् ।

७७ हजार ६ सय ८० र युनाइटेड किंगडम ५६ हजार ९ सय २१, अंगोला ५५ हजार ९८३, केप भर्डे ५४ हजार ३३५, भारत ४७ हजार ५५८ र इटाली ३९ हजार ९१४ छन् ।

नेपाली समुदायका अगुवाहरुले करिब ६० हजार नेपाली रहेको दावी गरे पनि पोर्चुगलमा कति बसोबास गर्छन् भन्ने विषयमा बोलिएको छैन ।

सेफका अनुसार सेप्टेम्बरसम्म १० लाख विदेशीले यहाँको आवास अनुमति लिएका छन् ।

सेयर गर्नुहोस्