पोर्चुगल । आइटी समस्याले सेफमा ढिलाइ हुने गरेको छ । विदेशी र सीमा सेवा औपचारिक रूपमा बन्द भएका छन् ।
निवास भिसाका लागि २ लाख ७० हजार अनुरोध पेन्डिङमा छन् । जसले गर्दा धेरै आप्रवासीहरु पर्खाइमा उकुसमुकुश भएका छन् ।
सेफले काम गर्न नसकेपछि उस्तै प्रकृतिका संस्था एकीकरण गर्न लागिएको छ । अब एक बलियो संस्थामार्फत माइग्रेसन क्षेत्रमा काम गर्ने छन् ।
सेफमा पेन्डिङ भएपछि अब नयाँ एजेन्सीमा हस्तान्तरण गर्ने तयारी सुरु भएको छ। एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एन्ड एसाइलम (एआईएमए) को टेकओभर हुनुभन्दा करिब एक महिना अघि विचाराधीन मुद्दाहरूको संख्या बढ्दै गएको छ । सेफले आफै पनि काम गर्न धेरै वाधा भएको स्वीकार गरिसकेको छ ।
पछिल्लो समयमा सेफमा अपोइन्टमेन्टहरू राखिएको छैन र मानिसहरूलाई कम्प्युटर समस्याहरूको साथ पुनः तालिका बनाउन बाध्य पारिएको छ । सिएनएन पोर्चुगलको रिपोर्ट अनुसार ढिलाइ थपिएको जनाइएको छ ।
आईटी अनुप्रयोगको सन्दर्भमा कठिनाइहरू देखिएका छन् । यसका कारण सेवा क्षमता एकदमै सीमित भएको भएको एक कर्मचारी बताउँछन् ।
कम्प्युटर प्रणालीमा कम्तिमा दुई हप्ताू देखि समस्या भइरहेको छ । जसले गर्दा सेवा प्रवाह प्रभावित भएको छ ।
आवास अनुमति जारी गर्ने सबै कुरालाई असर गरेको छ । कागजात छाप्ने र जारी गर्ने सबै चीजमा भीडभाड बढेको छ ।
एक कर्मचारीका अनुसार सेफमा १० वर्षदेखि कम्प्युटर एप्लिकेसन फेरिएको छैन । कुनै समयमा सूचना प्रविधि हरेक छ महिनामा अपडेट गरिन्थ्यो । अहिले सूचना प्रविधि दुर्तगतिमा अघि बढेको छ ।
प्रविधिको क्षेत्रमा लगानी गर्नुपर्ने देखिएको छ । यसो नभए विचाराधीन विषयहरु अझ सुस्त हुनेछन् । सेफ र सिएनएनmे पोर्चुगलको सूचना प्रणालीमा सुस्तता र बाधा रहेको पुष्टी गरेका छन् ।
अपोइन्टमेन्ट रद्द भएको देखेका नागरिकहरूलाई, इमेलद्वारा सेफको शाखामा जानको लागि नयाँ मितिको बारेमा सूचित गरिएको थियो ।