पोर्चुगलका ९५ प्रतिशत युवा आश्रित

पोर्चुगल । भरपर्दो आम्दानीको स्रोत नभए पछि पोर्चुगलमा आफ्ना आमाबाबुसँग बस्ने युवाहरूको संख्या बढ्दै गएको छ ।

अनिश्चित काम, कम तलबको रोजगारी र आवासको चर्को मूल्य वृद्दिका कारण युवा आत्मनिर्भर हुन नसकेका हुन् । घरको मूल्य वृद्धि भएसँगै युवाले सम्पत्ति जोड्न सक्दैनन् । जसले गर्दा आश्रित हुनुको विकल्प हुँदैन ।

यसले गर्दा युवाहरूको चाँडो घर छोड्ने क्षमता घट्दै गएको जानकार बताउँछन् । एक अध्ययन प्रतिवेदन अनुसार पोर्चुगलका ९५ प्रतिशत युवा आमाबुवासँग आश्रित छन् ।

औसतमा ३० वर्ष नहुँदासम्म आफ्ना आमाबाबुको घर छोड्न नसकेको देखिएको छ ।

पोर्डाटाले तयार पारेको प्रतिवेदन अनुसार गत वर्ष १५ देखि २४ वर्षसम्मका ९५ प्रतिशत युवाहरु आमाबुवासँग बसेको पाइएको थियो । सन् २००४ मा ८६ प्रतिशत युवाहरु आमाबुवासँग बसेका थिए ।

२५ देखि ६४ वर्षकाले १४ प्रतिशत स्थायी काम गर्छन् । यहाँका १० युवामध्ये ५ जना अनिश्चित काम गर्छन् । लगभग आधाले स्थायी काम पाउन नसक्ने अवस्थाले परिवारसँग आश्रित हुनुपरेको तथ्यांकले देखाउँछ ।

पोर्चुगल युरोपेली संघको पाँचौं देशमा पर्छ । जसमा असुरक्षित काम गर्ने युवाको बाहुल्यता छ । पोर्चुगल युवा बेरोजगारीको उच्चतम दरको सन्दर्भमा सातौं औं स्थानमा छ ।
जसले पाँच मध्ये एकलाई असर गर्छ । प्रतिवेदनले गरिबी वा सामाजिक बहिष्करणमा रहेका युवाहरू करिव २५ प्रतिशत रहेको देखाउँछ ।

विश्व युवा दिवसलाई लक्षित गरी पोर्डाटाले यो प्रतिवेदन तयार पारेको हो ।

सेयर गर्नुहोस्