लिस्बन । ड्राइभिङ लाइसेन्सको नयाँ नियम लागू भएको छ । आज अगस्ट १ तारिखदेखि सवारी चालक अनुमतिपत्र पुनः प्रमाणीकरणको नयाँ व्यवस्था गरिएको हो ।
सन् २००८ अघि जारी गरिएका ड्राइभिङ लाइसेन्स नवीकरण गर्न विशेष परीक्षा दिन नपर्ने भएको हो ।
त्यसअघिका चालकले अब विशेष परीक्षा दिनु नपर्ने भएपछि उनीहरुलाई सहज हुने भएको छ । स्वतः नवीकरण हुने भएपछि पोर्चुगिसहरु खुसी भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले जुलाई १७ मा अनुमोदन गरेका थिए ।