लिस्बन । पोर्चुगलका यातायात क्षेत्र प्रभावित भएका छन् । सवारी साधनमा आउजाउ गर्ने प्रायःजसो अवरोधमा परेका हुन् ।
विश्व युवा सम्मेलनका अवसरमा यहाँको सरकारले सवारी आवागमनमा कडाइ गरेको हो ।
धेरैजसो सडक बन्द गरिएको छ ।
मान्छेहरु हिँडडुल गर्न पाएका छन् । तर, सवारी साधान छड्ने व्यक्ति अवरोधको शिकार बनेका हुन् । ठाउँ ठाउँमा कार्यक्राम राखिएकाले यात्रा सहज गराउन मोटरसाइकल, कार तथा सार्वजनिक सवारी साधनमा कडाइ गरिएको हो ।
जसले गर्दा सवारी साधान प्रयोग गर्ने अधिकांश यात्रुहरु यस अवधिमा यात्रा गर्न नपाउने भएका हुन् ।
विश्व युवा सम्मेलन, सो अवसरमा फ्रान्सिकको भ्रमणले गर्दा पोर्चुगलका शहरी क्षेत्रमा आवागमन गर्न कठिनाइ देखिएको हो ।
विश्व युवा सम्मेलनको अन्तिम दिन आउँदो आइतबारसम्म यात्रा सहज नहुने देखिएको हो । अन्य क्षेत्रमा पनि तोकिएको ठाउँमा जान र निस्कन थप समय दिनुपर्ने देखिएको छ ।
पोर्चुगल छिर्ने नाकामा पनि कडाए गरिएको छ । पोपको भ्रमण लक्षित गरी यात्रामा अवरोध गरिएको हो । यस्तो अवरोध आउँदो आइतबारसम्म हुनेछ ।
एयरपोर्टमा पनि अन्य समयको तुलनामा बढी समय, उडान प्रभावित हुन सक्नेलगाायतका समस्या हुने देखिएको छ ।
यात्रा सहज बनाउन राइनर एपको व्यवस्था गरिएको छ । उक्त एपमार्फत यात्राको पहिचान हुने छ ।