पोर्चुगल मा पोखियको प्रभात को सपना

विदेस मा आयको युवक को एक सत्य घटना

प्राकृतीक रुपमा संसार कै सुन्दर देस हाम्रो नेपाल जहा संसार को सवै चिज छ ।छैन त मात्र एक चिज समुन्द्र छैन ।तर समुन्द्र नभयपनिधेरै नदिनाला जसले समुन्द्र भर्दछन् ति हाम्रै हिमाल वाट वगेर गयको छन् ।
गर्व गर्न लागयक धेरै छन्। हाम्रो देस मा सगरमाथा देखी सिता भृकुटी अरनिको आदी आदी । गोर्खाली भनेपछि संसार का धेरै वादसाहको मुटु हल्लीने विरासत हाम्रोपुर्वज को अनि संसार मै कसैको अधिन मा नरहेको हाम्रो देस । तर यती वेला
विडम्वना भनौ या भ्रस्टहरु सासक को कारण भनौ आज वच्चा जन्मिने वित्तीकै ऊसले देस को ऋण को भार वोकेको हुन्छ । देस मा २००७साल प्रजातन्र आय पछि अव केही होला भने त् त्यो आशा पनि तेस्सै भयो फेरी २०४७ पछि आसा जाग्यो त्यो पनि तेस्तै भयो ।अव तझन गणतन्र आयो अव चै केही न केही हुन्छ भनियो २०६३ पछि तर देस को हालत झन वेहाल हुदै गयो । हरेक काल खन्ड मा आन्दोलनभय ति आन्दोलन को ऊपलव्धी सिमीत व्याक्ती हरु धनि हुने र महल ठड्याऊने मात्र ऊपलव्धी भयो । अहिले का सवै नेता हरु को विगतहेर्ने हो भने कोही चप्पल लगायर कोही सुकम्वासी वनेर कोही कछाड लगायर राजधानी छिरेको थिय । तर आज तिनीहरु कै सवै भन्दाठुलो महल ऊनीहरु कै लगानीको अस्पताल अनि सै़क्षिक संस्थान हरु छन । देस मा धेरै व्यावस्था परिवर्तन भय पनि जनता को अवस्थाझन झन जटिल हुदै गयो । देस प्रति को अघाद माया हुदा हुदै देस मा केही गर्दछु भन्ने चाहना राख्दा राख्दै पनि वाध्यता र विवसता लेअहिले हरेक नेपाली विदेस जान वाध्य छन् ।
कोही म विदेस जादै जान्न म देस मा केही गर्दछु भन्ने हरु पनि म हारे अव विदेस जान्छु भन्ने वाध्यता मा छन् ।
यती वेला लाखौ नेपाली युवा संसार को विभीन्न देस मा जान को लागी भिसा को पर्खाई मा छन् ।
विभीन्न सपना वोकेर विदेस हिडेका हरु कति का सपना पुरा भै दिन्छन्। कतिको सपना अधुरा रहिदिन्छन् ,कति सपना वोकेर उडेका हरुपरिवार लाई नै सपना वनायर आफु वाकस मा फर्कीन्छन् । कसैको सपना हरु तेसै पोखिन्छन् ।
यस्तै प्रदेस मा सपना पोखिने मा प्रभात ( नाम परिवर्तन) एक पात्र हुन् ।

पोर्चुगल मा पोखियको प्रभात को सपना

पोर्चुगल यती वेला सवै को रोजाई को गन्तव्य भयको छ । तर पोर्चुगल मा अहिले अत्यन्त वढी आप्रवासी को आगमन को कारण यहाआऊने हरु को लागी अत्यन्त कठिन अवस्था छ । काम पाऊन अति गार्हो त्यो भन्दा गार्हो कोठा पाऊन छ । यती वेला पोर्चुगल मा यतीगार्हो छ त्यो मात्र अहिले ४/६ महिना अघि देखी पोर्चुगल आयर होस्टल मा वस्न वाध्य
हरु लाई मात्र थाहा छ ।गार्हो भयपनि संघर्ष गर्दछु यहा कार्ड वनायर परिवार ल्याऊदछु ६/७ वर्ष
पछिअन्य देश गयर कमाऊदछु, भन्ने सपना साचेर नै पोर्चुगल आऊने गरीरहेको छन् आईरहेको नै छन् ।यसरी आऊने आप्रवासी हरु यहातेस्तै मध्य का एक थिय प्रभात ,
केही दिन पहिला प्रभात ले फेसवुक मा म्यासेज गरे ।ऊनले भने हेलो दाई कार्ड नभयको मान्छे पोर्चुगल छोडेर नेपाल जादा एअर्पोट माकोही गर्दछ कि गर्दैन ?? भनेर सोधे । ऊनी पहिलो पटक म्यासेज गर्दैथिय । तर सिधै ऊनले तेही सोधे ।
मैले म्यासेज हैन फ़ोन नै गरे । मैले भने केही गर्दैन डिपोर्ट को छाप हान्दैन । मैले पुन सोधे कति भयो आयको ?? प्रभात ले भने म आयको१० महिना भयो अनि काम सुरु गरेको ४ महिना , मैले सोधे तपाई काम पनि पाऊनु भयको छ किन जाने भनेर सोधे ऊहाले समस्या
छ हज़ुर समस्या परेर जान लागेको भन्नुभयो ।मैले के तेस्तो समस्या भनेर सोध्दा ऊनले मिल्दछ भने भेंट गरौ न सवै भन्दछु भनेर ऊनले भने। केही दिन पछि ऊनी र म भेंट भयौ । ऊनले आफुले सवै कुरा सुनाय ।
ऊमेर ले 31 वर्षीय प्रभात स्नातक पास गरेको रहेछन् 27 वर्ष मा प्रेम विवाह गरेका प्रभात को ३० महिना को छोरी पनि छन् ।ऊनी नेपालमा आफुले गरेको व्यावसाय मा धेरै नै घाटा भयको र ऋण लागेको कारण दलाल मार्फत युरोपीयन देस मा १ वर्ष अगाडी श्रीमती कैसल्लाह मा आयको र त्यो देस वाट हिड्दै लुक्दै पोर्चुगल आयको रहेछन् । पोर्चुगल मा आयपछी यहा ६ महिना पछि वल्ल वल्ल कामपायको रहेछन् । मैले पुन सोधे अव ४ महिना भयछकाम गरेको किन जानु हुन्छ ??संघर्ष गर्नु होस् भने । ऊनले थपे हेर्नु होस् म परिवार कैसपना साकार पार्न मेरो श्रीमती कै सल्लाह मा यहा आय । विदेस जुन सोच र ऊद्देस्य ले विदेस आय त्यो आकास र पाताल रहेछ म यहाआय आयपछी काग़ज़ी प्रकृया को लागी भौतारीय । हात को सुन को औठी वेचेर पनि मैले यहा काग़ज़ी प्रकिया अगाडी वढाय ।यहाकहिले काही पार्क मा कहि कतै नेपाली दम्पत्ती अनि आफ्नो संतान सग हिडेको देख्दा म पनि आऊने कुनै वर्ष,यसरी नै मेरो श्रीमती मेरोछोरी सग सगै हिड्ने सपना देख्दथे । मैले परिवार र आफ्नो भविस्य को लागी यहा १४ घन्टा सम्म काम गर्दथे । जव काम मा लाग्न थालेम काम मा व्यास्थ हुन् थाले । श्रीमती ले भनेजसरि म म्यासेज फ़ोन गर्न काम सुरु गरेपछि सकिदो रहेनछ । एक दिन श्रीमती ले मलाई केहो आज भोली के हो पोर्चुगीज केटी सग लागेको छौ कि क्या र फ़ोन नै गर्दैनौ भन्दैथ्इन् मैले भने हेर यहा काम राती ११ वजे सकिन्छ यहाको 11 वज्दा नेपाल को रात को२/३ वजेको हुन्छ रात मा के कल गरौ भनेर नगर्ने हो दिन को १/२ पटक त गरेकै छु भने । मनमनै सोचेंआहा वुढी कति धेरै सोच्दछिन् । रिसाय पनि मलाई सधै अवयरनेस गर्दछिन यस्तो वुढी पाऊनु भाग्य हो । मेरो वुढि कदापी वाटो विराऊनेछैनन् भन्ने म ढुक्क थिय । म यता काम मा व्यस्थ हुदै गय वुढी पनि केही समय हप्ता पछि मलाई किन फ़ोन नगरेको भनेर भन्न छाडीन् ।दिन को १/२ पटक वुढि छोरी सग अनि वा आमा सग १/२ पटक फ़ोन मा कुरा गरिरहन्थे । यता काम भै रहेको थियो । पोर्चुगल मा कामगर्दै धेरै सपना को पखरि भर्दै थिय । मार्केस पोम्वल पार्क होस् या अलमेदा पार्क पार्क मा कोही आफ्नो छोरा छोरी सग हात समातेरहिडेको देख्दा लामो समय सम्म हेरीरहन्थे अनि मेरो यो दिन कहिले आऊदछ म पनि यसरी नै छोरी सग हात समातेर म हिड्ने छु श्रीमतीसग यसरी नै हिड्ने रहर सगै कुनै वेला तेही हराऊदोरहेछु । यसरी नै समय वित्दै थियो । तर समय सधै एकै नास हुदोरहेनछ ।एक हप्ताअगाडी श्रीमती लाई कल गरे ऊनको फ़ोन ऊठेन । फोन नऊठेपछि वा आमा लाई फ़ोन गरे । उनी छोरी लाई खान खुवायर विहानै देखीघर वाट निस्केकी रहिछन् । त्यो दिन आईनन् अर्को दिन आईनन् । प्रहरी को मा खवर गर्यो पछि थाहा भो ऊनले आफ्नो वाटो मोडीछन् ।ऊनी मलाई छोडेर अर्कै सग गइछन् । आज पनि मलाई विस्वास लागेको छैन ऊनी किन तेसो गरिन् म अझै वुझ्न सकेको छैन । परिवारको लागी पोर्चुगल आय आज मेरेो सपना पोर्चुगल मा यसरी पोखियो भन्दै गह भरि आसु निकाल्दै म सग ऊनले सवै पिडा पोखे ।
ऊनको कुरा सुन्दा म आफै पनि भावुक भय ।मैले भने तपाईं हरेस् नखानु होस् ऊहाको अगाडी यहा को कार्ड वनायर परिवार छोरी लियरपोर्चुगल आऊनु होस् ।ताकी ऊहालाई पुन पछुतो होस् मैले भने । ऊहाले जवाफ दिनु भो हो तपाई ले भनेको ठिक हो म परिवार कै खुसीको लाई विदेस आय तर खुसी हैन दुखी भय जुन सपना संगालेको को थिय त्यो
सपना पोखीयो । वावु आमा वुढा छन् परिवार मा म मात्र हो । छोरी को आमा त निस्टुरी भयर गइन् म त्यो छोरी लाई हामी जिऊदोहुदाहुदै टुहुरो जस्तो गराऊन चाहान्न । ३० महिना को मेरो छोरी लाई ऊनको भविस्य राम्रो वनाऊदछु भनेर वर्तमान मा म ऊनलाई एक्लैछोड्न सक्दीन । वुढा वा आमा को स्याहार गर्दछु । छोरी लाई हुर्काऊदछु म नेपाल जानेछु मलाई तेती डर हो कि मेरो यहा भिषा छैन मएअरपोर्ट वाट जादा कतै मलाई ओभर स्टे गरेको भनेर डिपोर्ट स्टाम लगाऊने नेपाल मा प्रहरी ले पक्रीने गर्दछ कि गर्दैन यहि सोध्न आयकोभन्नु भो ।
मैले ऊहालाई सवै वताईदीय केही दिन अगाडी ऊहा नेपाल जानु भो ।
हिड्नु भन्दा पहिला भन्नु भो दाई सपना सवैले देख्दछन् सपना देखेको कति ले पुरा गर्दछन् कति ले अधुरो छोड्दछन् तर कति को साचेकोसपना पोखिन्छन् ।
मेरो जुन सपना थियो त्यो सपना पोर्चुगल मा पोखियो अरु को सपना अरुको परिवार को स्थीती मेरो जस्तो नहोस् ।
मेरो सानी छोरीले जस्तो मातृत्व कसैले नगुमाओस् ।
प्रेम गरेर कसम खाईसकेपछि घर जम भै सकेपछि कसैको पनि मन नडुलोस् ।…
सवै को जय होस् ।

सेयर गर्नुहोस्