नेपाली समाज
बनाऔं।
एनआरएन एक पवित्र सामाजिक संस्था थियो, तर अब त्यो रहेन।
शेष घलेले रोपेको फुटलाई कुल आचार्य, डा. बद्री केसी, आर.के. शर्मा र महेश श्रेष्ठले मलजल गरेर संस्थालाई विभाजनतर्फ डो-याए।
हाल एनआरएनमा दुई छुट्टाछुट्टै समिति छन्—एक डा. बद्री केसीको नेतृत्वमा र अर्को महेश श्रेष्ठ र आर.के. शर्मा पक्षको।
गत चुनावमा:
डा. बद्री केसी (एमाले समर्थित) — १,३७८ मत आर.के. शर्मा (माओवादी समर्थित) — १,२८१ मत महेश श्रेष्ठ (कांग्रेस समर्थित) — १,२२५ मत
डा. केसीले सबैभन्दा धेरै मत ल्याएर विजयी भए, तर आर.के. शर्मा र महेश श्रेष्ठले परिणाम अस्वीकार गर्दै चुनावमा धाँधली भएको आरोप लगाए।
उनीहरूले एनआरएनलाई तत्कालै स्वीकारेनन्।
त्यसपछिको अवस्था यस्तो रह्योः
शेष घलेले ‘एकता महाधिवेशन’ गर्ने प्रस्ताव राखे। पराजित उम्मेदवारहरू आर.के. शर्मा र महेश श्रेष्ठ सो महाधिवेशनमा सहभागी भए र त्यसैमार्फत महेश श्रेष्ठले नयाँ कार्यसमिति बनाएर ‘विधिवत एनआरएन’ खोलिएको घोषणा गरे।
यसरी हाल विश्वभर दुई एनआरएन संस्था अस्तित्वमा छन्:
डा. बद्री केसीको एनआरएन – एमाले समर्थित, जसलाई केपी शर्मा ओलीले समर्थन गरेका छन्। महेश श्रेष्ठको एनआरएन – कांग्रेस-माओवादी गठबन्धन समर्थित, जसलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले समर्थन गरेकी छन्।
अब पोर्तुगलमा पनि यी दुई एनआरएन क्रियाशील छन्:
एक, कांग्रेस-माओवादी गठबन्धनको, जसको महाधिवेशन जुलाई ६–७ मा हुँदैछ। अर्को, डा. बद्री केसीको एमालेपक्षीय एनआरएन, जसको कार्यक्रम जुलाई २० मा छ।
यस्तो प्रवृत्तिले गर्दा एनआरएन अहिले विश्वभर दुई धारमा विभाजित भइसकेको छ।
यी एनआरएन संस्थाहरूमा अब आ–आफ्नो दल बाहेक अन्य विचार वा स्वतन्त्र नेपालीका लागि कुनै ठाउँ छैन।
यी संस्थाहरू केवल दलको कार्यकर्ता चयन गर्ने, दलको प्रचार गर्ने, र पदको लागि गुटबन्दी गर्ने थलो बनेका छन्।
त्यसैले अब हरेक देशमा एउटै काम गर्न सक्ने सुझाव:
✅ अब के गर्नु पर्छ?
हरेक देशमा ‘नेपाली समाज’ नामक स्वतन्त्र संस्था खोल्नुहोस्, जसले:
स्थानीय भाषा बोल्न सक्ने, त्यहाँको कानुन, काम–कारोबार बुझ्ने, पेशा वा व्यवसायमा स्थापित नेपालीहरू समेट्ने, स्वयं खर्च गर्न सक्ने र अन्य नेपालीलाई सहयोग गर्न सक्ने विश्वसनीय नेपालीहरूको टोली तयार गरोस्।
जब नेपालीहरू अन्यायमा पर्छन्, त्यस्तो समाजले सो देशको प्रशासन, अदालत वा पुलिसमा गएर निडर रूपमा बोल्न सकून्।
नेपालका दलहरूको झगडाबाट आजित भएर विदेश आएको नेपालीको लागि अबका एनआरएन संस्थाहरूमा कुनै ठाउँ, काम, आशा वा अस्तित्व बाँकी छैन।
त्यसैले समय आएको छ – अब दल-रहित, जिम्मेवार, सहयोगी, र स्वाभिमानी ‘नेपाली समाज’ निर्माण गर्ने।