दुर्गम कि नर्ष

दिपीका रिजाल – जुम्ला – “सेवा गरे मेवा मिल्छ”र “म देश र जनताको निस्वार्थ सेवा गर्नेछु”जस्ता आख्यानलाइ आत्मसात गर्दै सुरु गरेकि मैले नर्सिङ पेशा।सुरुमा अनबिग्य थे म,थाहा थिएन मेरो जिबनको गन्तव्य के हुनेछ।पढ्द्दै गर्दा एक जिबन बोकेकि मैले पढिसक्दा अर्को बोके।कहिलेकाहि साथिहरु सङ्ग बस्दा,के गर्ने पढाई पछि भन्ने बहसमा प्राय जसो सबैको उत्तर हुन्थ्यो-“म त बिदेश (अमेरिका,अस्ट्रेलिया)जान्छु”, तर म सम्झिन्थे सानोमा मैले बिताएको बाल्यकाल जहा पेट दुख्दा मात्रैमा पनि औषधि नपाएर छटपटिएको,महिनावारिको बेलामा गोठमा बसेको,यस्तै यस्तै दृश्य र लाग्थ्यो फर्किने छु म मेरै गाउ ल्याउने छु केहि परिबर्तन ।
पढाई सकिएको करिब ३ महिना पछि छोडे शहर मैले।र यात्रा तय गरे हाम्रो सुन्दर सुदुरपश्चिम् प्रदेश अछामको मङगलसेन नगरपालिका।पहिलो पटकको यात्रा थियो मेरो सुदुरपश्चिम् प्रदेशको।पुर्खौलि थलो भएता पनि कहिल्यै यात्राको अबसर जुरेन जस्ले गर्दा कयन पटक आउने कोसिसमा पनि म असफल भएकि थिय।करिब ४८ घन्टाको यात्रा पछि म काठमान्ड ाै देखि मङगल्सेन पुगे।,पहिलो पटक भएर अनि म यात्रामा औधि रुचाउने भएर होला रमाएरै पुगे तर कता कता थकान पनि भार भयो।जागिरको शिलशिलामै हिडेकि थिए म तर अन्जान म र यो शहर म सङ्ग।मैले यहाकै पखा पहारा सङ्ग आत्मिय सम्बन्ध गास्ने निधो गरे यहाँ र पसे मंगलसेन नगरपालिका १३ बस्ति,जस्लाइ यस नगरपालिकाको सबै भन्दा पिछडिएको क्षत्रको रुपमा लिइदो रहेछ।जहा अझै पनि गाडी पुग्न मुस्किल छ,बत्ति पुगेको छैन अझै भनुम हरेक साना सना कामको लागि मङगल्सेन बजार पुग्न करिब १०-१२ घन्टा पैदल हिंड्नपर्छ।अब कुरो गरुम स्वास्थ स्थितिको,स्वास्थ चौकि छ,स्वाथ्यकर्मि छ्न तर सबै चिजको अभाब छ,उपयुक्त औजार छैनन, राम्रो औषधि छैन।म हाल पेशाले -“बिद्यालय नर्स “।मैले काम गरिरहदा चेतना दिन खोजेकि “बालबिबाह ,छाउपडि प्रथा”।कति पटक मैले गाउका युबाबर्ग र जान्नेबुझ्ने सङ्ग पनि भन्ने गरेकि छु “महिनावारि बरदान हो अभिशाप हैन”।जवाफमा के पाय थाहा छ?,-मेडम तमिलो यसो नसिकाव हाम्रा गोरु बाख्रा भिर गै मद्दाछन,देउताको छल हुनोछ,हामि छाउपडिलाइ घरमा राख्दैनौ”।
बालबिबाहा-मैले कापि किताब बोकेर स्कुल गएको उमेर यहाका नारिहरु छोराछोरि बोकि माइत आउदा मन कटक्क खाने ।यो सबै देखे ,नियाले र विशेषगरि छोरिको बालबिबाहालाइ लिएर कुरा राखे।आमाहरु सङ्गै भने र जवाफमा “एकदिन पोइल जाने जात हो,धेरै बसे पनि बिग्रिदा छन,जैले गएनि जानै पर्ने हो गए निकै गरे,घर गरिखाए भैगयो” पाय।अब बुवाहरुको त कुरै छौडाै।…
मैले गाउ बस्ति नियाले। मृत्यु हुन्छ भन्ने नि सोचेका छैनन यहाका मान्छेले।बिहान देखि राति सम्म काममा पिल्सिरहदा भोक,प्यास थाहा पाउदैनन।र म सम्झिन्छु त्यो शहरको रमाइलो,त्यहाका महिला, त्यहाको ब्यस्तता त यहाको ब्यस्तता साथै झिलिमिलि शहर र सबै कुरा बाट अध्यारिएको यो गाउँ ।अनि सम्झिन्छु पनि सबैका शब्द-नर्स पढेर किन गाउमा गएर बसेको?अँखा बन्द गर्दै नियाल्छु यो परिवेश मैले देखेका यहाका पिडा,नशामा डुबेका पुरुष,चुलोचौको र धोति/साडिमा अल्झिएकि नारि र तिनको यातना,बालबिबाहा,छाउपडि प्रथा,गरिबि साथै चेतनाको अभाव ।आखा खोल्छु र प्रश्न गर्छु ति पहाड सङ्ग”के अझै यति गरिब छ र हामृ देश?”जुन प्रश्न ठोक्किएर मै सङ्ग आइपुग्छ र आफै खोज्छु र दिन्छु उत्तर-“आखिर कोहि पनि काम गर्न नआएको गाउ हो यो,म आय र केहि गरि फर्किने छु,म देखि हामि र उहाहरु सम्म पुग्ने छु,म बन्ने छु र हामि बनाउने छु एकदिन”।धेरै नसुकुला मात्रै महिलालाइ आफ्नो हकमा बोल्न,छाउपडि प्रथा र बालबिबाह रोक्न थोरै भएनि कदम चाल्ने छु,भनिन्छ नि “सुर्यको काम थोरै मात्रै भएनि दियो ले गर्छ” भनेर।
खुशी नै छु देख्दा मोटरको ठाउमा घोडा सवार हुदा,बिर्सिदिन्छु सहरको रमाइलो।खुशी छु यि पहाड सङ्ग लडििबुडि गर्दा।साच्चै सुन्दै थिए हिजो आज ठाउनै हेलाको भएर होला मेरो भन्दा नि “बस्ति कि नर्स /सिस्टर”।भनेर चिनिन्छु रे।त्यसैले त मुस्कुराउदै म आफैलाइ गर्बसाथ भन्ने गर्छु”दुर्गम कि नर्स”म।

सेयर गर्नुहोस्