मैले किन एन आर एन छाडे ??!

ऊदय राज कडेल जापान 🙏🙏🙏
मैले किन NRNA छोडें ?
हालै सम्पन्न भएको भनिएको NRNAको तथाकथित विश्व सम्मेलन र वेथिती भोगेको चुनाव अनि त्यसले निम्ताएको विवादको प्रसंगमा म पनि एक गैर आवसिय नेपाली भएको नाताले NRNA संस्थामा रहदा देखेको, भोगेको अन्तरगाथालाई अहिले उजागार गर्न सान्दर्भिक भएको महशुस भई केहि कुरा व्याक्त गर्न चाहन्छु। शुरुवातका दिनमा यो संस्थाको कार्यक्रम र गतिविधि सुचारुरूपमा संचालन भएको र गैरआवाशिय नेपालीको हकहितमा काम गर्न अग्रसर भएको महशुस भै म पनि कोशीनेचु क्षेत्रको संयोजक हुदै NRNA Japan को २०१३-१५ कार्यकालको लागि सचिव पदमा निर्वाचित भएको थिएँ । जबसम्म म क्षेत्रिय संयोजक थिएँ तबसम्म मेरो कार्यक्षेत्र र निगरानी सोही क्षेत्र भित्र मात्रै सिमित हुँदा मलाई संस्थाको काममा उत्साह उमंग र उपदेयिता लाग्थ्यो। जब म NRNA जापानको सचिवको हैसियतमा बैठक तथा राष्ट्रिय अन्तराष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुन थाले तब अधिकांश पदाधिकारीहरुको सोच र मनासय फरक पाएँ । कोहि विदेशमा बसेर पनि राजनितिक पार्टीको झोला बोक्ने र पार्टीको प्रतिनिधित्व गर्ने, कोहि संस्थाको स्रोत साधन, ल्पेटफर्म र सदस्यको डाटाको दुरुपयोग गरी आफ्नो व्यवसाय बढाउन कोशिस गर्ने त कतिमय विधार्थी र कामदारको दलाली धन्दामा मुछिएका त कतिपय संस्थाको आर्थिक लाभमा लालच देखाएको पाइयो। यस्को मतलब असल नियत र विशुद्ध सामाजिक कार्यले लाग्ने पदाधिकारीहरु निकै न्यून भएको पाइयो। त्यसमा पनि यि नै स्वार्थ भोग्न नपाउँदा पद र जिम्मेदारीको लागि हामीले संधै गाली गर्ने नेपालका विग्रेका गन्हाएका भ्रष्ट नेताहरु भन्दा पनि तल्लो स्तरमा झैझगडा विवाद देख्दा मलाई अचम्म लाग्थ्यो | विदेशमा आएर यहाँको सुसासन र व्यवस्थित कार्यशैलीको संस्कार अवलम्बन् गर्नु त कहाँ छ कहाँ नेपालको भन्दा भ्रष्ट, अव्यवस्थित र अस्तव्यस्थ शैली देख्दा केहि व्यक्तिको मात्र प्रयाशले मात्र सुधारको सम्भावना नदेखिएको महशुस भै मलाई पदमा बसिराख्न मन लागेन र मैले सचिव पदबाटै राजिनामा दिएँ। त्यसपछि मैले NRNA संस्थाको सदश्यता नविकरण पनि गरिन। शुरूमा त यो हालत जापानमा मात्र होला भन्ने लाग्थ्यो पछि विस्तारै बुझ्दै जाँदा सबै देशमा र अन्तराष्ट्रिय समितिमा पनि यहि हालत भएको पाएँ। यहि मानसिकता र रोगले थलिएको NRNA अहिले यो हालत (न घरको न घाटको ) भएको सबैलाई विदितै छ। अन्तरद्धन्द स्वार्थ र असन्तुष्टले गिजोलिएको NRNA अब छिट्टै नै टुक्रा टुका हुदै छ। यस्ले गर्दा सम्पूर्ण गैर आवशिय नेपालीहरूको आषा भरोषा र संस्थापकहरुको सपना र मेहनेत खेर जाँदै छ। अब त NRNA यस्तो मोडमा आइपुऱ्यो कि त Dissolve गर्नुपर्छ कि त Reform गुर्नपर्छ। पद बढाउने र भागवन्डा गर्ने जस्ता तथाकथित सहमतिको बहानामा संस्थालाई टालटुल गरेर यो सामाधान हुने वाला छैन। यसले झन विकराल रूप लिन सक्छ। यो चेतना र अनुभूति सबै NRNA पदाधिकारी र सदश्यहरुलाई हुन जरूरी छ। मेरो भनाइ तपाइहरुलाई कस्तो लाग्यो ? सहि लागेको भए सार्वजनिक चेतना र दवावको लागि वढि भन्दा वढि NRNA हरुलाई शियर गरौं। धन्यवाद जय NRNA
उदय राज कडेल हाल जापान

सेयर गर्नुहोस्