भाग्य उसैको बलियो, जसको भिसा लागेन!

रमेश राज वास्तोला लिजवन पोर्तुगल
२०४० देखि २०५० सालसम्म काऊरटे गाउँ र साल्घारी गाउँमा करिब ७० जना युवा जन्मिए। तीमध्ये प्राय सवै कसैले अमेरिका, कसैले जापान, कसैले अष्ट्रेलिया वा बेलायतजस्ता देशमा, कोही कुक भिसामा, कोही विद्यार्थी भिसामा, त कोही श्रमिक भिसामा विदेशिए। कोही दुबई छिरे, कोही क्यानाडा।
तर… एउटा मात्र नाम सधैं गाउँमै रहिरह्यो — वजुलाल।
उसले दुईपटक पासपोर्ट बनायो। दर्जनौँ पटक भिसा पनि आवेदन दियो। तर, कुनै देशले उसलाई स्वीकृति दिएन। हरेकपटक अस्वीकृत भइसकेपछि, ऊ निराश त भयो तर भत्किएन। त्यसपछि उसले सोच बदल्यो।
गाउँमै बसेर २/४ घार मौरी पाल्न थाल्यो, ५/७ वटा बाख्रा, केही दर्जन कुखुरा, अनि सानोतिनो कृषि पनि गर्न थाल्यो।
आज ती सबै युवाहरू विदेश छन्। ६५ जना त अहिले पनि बाहिरै छन्। ४ जना सरकारी जागिरे छन्।
तर वजुलाल भने गाउँमै छन्। विदेश गएका साथीहरू कोही दसैंमा, कोही तिहारमा, कोही अचानक कुनै महिना घर आउँछन्।
आश्चर्य के छ भने, हरेक जना वजुलाललाई केही न केही लिएर आउँछन्। कोही ल्यापटप ल्याउँछ, कोही आइफोन, कोही ब्रान्डेड घडी। अनि त, गाउँ फर्किँदा उसकै कुखुरा किनिन्छ, खसी बोकाको मासु उसकै खोरबाट काटिन्छ। उसले उत्पादन गरेको मह कोसेलीका रूपमा बोकिन्छ।
अहिले वजुलाल गाउँमै बसेर महिना १/२ लाख रुपैयाँ जोगाउँछन्। उनी युरोप वाट जाने लाई जापानबाट ल्याइएको ऊपहार ल्याईदीयको ओसाके, चखाऊदछन् अनी जापान अमेरीका वाट जानेलाई युरोपबाट ऊपहार ल्याइएको वाइन चखाउँछन्। उनी मुस्कुराउँदै भन्छन्:
“अब मलाई भिसा नलागेकोमा कुनै दुःख छैन। गाउँमै छु, साथीहरू विदेशमा छन्, तर उनीहरूकै कारण म सम्पन्न छु। र, मैले उत्पादन गरेको चिजहरू उनीहरूकै हातबाट खपत हुन्छन्।”
वास्तवमा, आज वजुलाल ‘देशमै बस्ने विदेसि’ जस्तै भएका छन्। भाग्य बलियो त्यसैको, जसको भिसा लागेन।
भिषा लागेन भनेर कोही दुखी नहुनु के थाहा भिषा लगायको भन्दा तपाई को दैनीक राम्रो सुन्दर हुनेछ 🙏🙏

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *