पोर्चुगल नेपालको गन्तव्य मुलुक बन्न सक्ने

लिस्बन । पोर्चुगल नेपालका लागि आकर्षक गन्तव्य मुलुक बन्ने देखिएको छ । नेपालले आकर्षक गृहकार्य गरी धेरै युवाहरुलाई पोर्चुगल ल्याउन सक्ने संभावना बढेको छ ।

यहाँको सरकारले पछिल्लो समयमा विभिन्न भिसामा आएका आप्रवासीलाई स्वीकार नगर्ने तर, श्रमिकको आवश्यकता परे सिधैं ल्याउन सकिने व्यवस्था गरेको छ । यसको फाइदा नेपाल लगायत विभिन्न देशहरुले ल्याउन सक्छन् ।

विभिन्न माध्यमबाट पोर्चुगलमा आएर अहिले लगभग ६० हजार नेपाली बसोबास गर्छन् । यसमध्ये पोर्चुगलकै भिसा लगाएर आउने नेपालीको संख्या निकै कम छ । केही कृषि कम्पनीले केही नेपाली ल्याए पनि सिधैैं श्रमिक ल्याउन झन्झट भएकाले यहीँ आएका श्रमिकलाई पोर्चुगलका कम्पनीले भर्ना गर्ने गर्थे ।

निश्चित मापदण्ड बनाएर यहाँका कम्पनीहरुले नेपाललगायत स्रोतमुलुकबाट श्रमिक ल्याउन सक्छन् । त्यसका लागि स्रोतमुलुक र पोर्चुगल सरकारबीच श्रम सम्झौता हुनुपर्छ । भर्ना प्रक्रियाका लागि निश्चित मापदण्ड तोकिनुपर्छ ।

पोर्चुगलले तत्काल नयाँ आप्रवासीलाई बन्देज गरे पनि कुनै समयमा कुनै तरिकाबाट स्वीकार नगरी सुखै छैन । यहाँको युवा आकर्षक रोजगारीका लागि कमाउनकै लागि बाहिर जाने गर्छन् । यहाँका कम्पनीहरु फस्टाउँदै पनि गइरहेका छन् । रोजगारी सिर्जना पनि न्यूनमात्रामा भए पनि बढ्दै गइरहेको छ । त्यसकारण पनि पोर्चुगलले आप्रवासी नल्याई सुखै छैन ।

नेपालले विगत केही वर्षदेखि यूरोप रोजगारीलाई प्राथमिकतामा राख्दै आएको छ । जर्मन, डेनमार्क, नर्वे, बेल्जियम, स्पेन, युके लगायत देशमा नेपालीको आकर्षण बढ्दै गएको छ । अन्य देशको तुलनामा पोर्चुगलमा पारिश्रमिक कम भए पनि सहजै कागजात बन्ने भएकाले विभिन्न भिसामा विभिन्न देशमा आएका आप्रवासीको गन्तव्य र रोजाइ पोर्चुगल बन्ने गरेको थियो ।

अब पोर्चुगल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक बन्न सक्ने देखिएकाले नेपाल सरकारले आफ्नो तर्फबाट गृहकार्य गर्दा फरक नपर्ने विज्ञहरु बताउँछन् । कामदारको भाषा र सीपमा लगानी गर्दै आवश्यक पूर्वाधारमा जोड दिन सके उल्लेख्य नेपाली आउन सक्ने संभवना बढी रहन्छ ।

७५ प्रतिशत भन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकमै जाने गरेका छन् । श्रमिकको भिसा लगाएर युरोप आउने निकै कम छन् । सरकारले गन्तव्य मुलुकको आवश्यकता अनुसार दक्ष श्रमिक दिन सके पोर्चुगल लगायत युरोपका अन्य देशमा नेपाली ल्याउन सकिने जानकारहरु बताउँछन् ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *