Relax ( पोर्चुगल का केही नेपाली को सत्य लघुकथा )

जनक बराल

२०१४ को अन्तिम तिर हामी ओलिभ टिप्ने काम को लागि अलेन्तेजो राज्यको एउटा भित्री गाँउ मा पुगेका थियौ ।कम्पनिले हामी सबैलाई फर्म नजिकै कन्टेनरमा राखेको थियो भने हामी ८ जना नेपाली मिलेर सगै खाना खानको लागि एउटा मेस बनाएका थियौ ।
कम्पनिको गाडीले हप्तामा एक पटक मात्र सपिङ लग्ने भएकोले मेस लाई र आफुलाई चाहिने सामान त्यै एकदिनमै किन्नु पर्थ्यो । सबै सग पैसा उठाएर हप्तामा एक जनाको पालोको दरले हामी सपिङ जाने गर्थेउ । हाम्रो ग्रुप मा एउटा 40/42 बर्ष जतिका एक जना मानिस पनि थिय । उमेर मा हामी भन्दा जेठो भएकाले हामीले उनलाई दाई भनेर सम्बोधन गर्थेउ । उमेरमा हामी भन्दा जेठा अनी खाडीको कुनै एउटा कम्पनिमा क्याम्प बोस थिय अरे उनी त्यो भएर पनि उनी मुख ले नबोलेरै व्यबहार मा आफु त्यहाको सिनिएर भएको झल्को दिलाउथे ।
हरेक दिन २ जनाको दरले खाना पकाउने पालो हुन्थ्यो । बजार टाढा अनि हप्तामा एक पटक मात्र सपिङ गर्नु पर्ने भएकोले हप्ता भरिको योजना बनाएर पकाउनु पर्थ्यो । मासु पकाउदा हामीले टाउको गनेर त्यही अनुहार पिस राख्ने गर्थेउ । जहिले पनि हामीले ति दाई लाई अरु भन्दा एक पिस बढीनै मासु दिन्थ्यौ तर पनि उनी कहिले सन्तुस्ट नहुने । कहिले आफुलाई मासु कम दिएको, कहिले हड्डी मात्र परेको, कहिले झोल मात्र दिएको उनको गुनासो हुने गर्थ्यो ।
जंगल को काम, हिजो बेलुका पकाएर प्याक गरेको खाना भोली दिउसो १ बजे खानु पर्ने । बिहान १० बजे खाजा खाने ब्रेक हुन्थ्यो, उनी कहिल्यै केही खाजा लग्दैनथे, अरुको आशा गर्थे, मागेरै काम चलाऊथे । December महिनाको ठन्डी ,खाना हिउ जस्तो चिसो हुने । कती साथीले टिफिन, कतिले हटकेस पनि किनेका थिय तर उनले एउटा प्लास्टिक को बट्टामा खाना लग्थे यहाँसम्म कि उनले खाना खाने प्लेट, चम्चा अनि पानी पिउन कप समेत किनेका थियनन, सधै अरुको भाडा ले नै काम चलाऊथे ।
उनि कहिल्यै दुध किनेर खाँदैनथे उनलाई ग्यास्ट्रिक को समस्या रहेछ तर अरु साथीभाइले पकाएको दुधै दुध र कडा चियापत्ती राखेको चिया का पारखी थिय उनि । आफु दुध, पाउरोटी, फलफुल, जुस केही नकिन्ने सधैं अरुको मागेर खाने अनि कुनै दिन उनले माग्दा कसैले दियन भने जाबो एउटा स्याउ, एउटा जुस मा रुन हुँदैन भनेर अर्ती दिने गर्थे । सके सम्म दात माझ्ने मन्जन र नूहाउने साबुन पनि अरुको प्रयोग गर्न पाय भन्ने सोच राख्थे ।
उनी खाडी मुलुकको एउटा कम्पनिमा क्याम्प बोस थिय रे । १२ बर्षमा जम्मा २ करोड कमाएछन अनि उनको जिल्ला सदरमुकाम आसपासमा २ टुक्रा घडेरी र मासिक ३० हजार भाडा आउने एउटा सानो छाप्रो जोडेका रहेछन । श्रीमती र दुई जना सन्तान त्यै घरमा बस्दा रहेछन । छोरा छोरी नाम चलेको बोर्डिङ स्कुलमा पढ्छन रे ।
उनको व्यबहार र हदै सम्मको कन्जुस्याइ पन ले सबै आजित भैसकेका थियौ । तलब आउँदैको दिनमा सबै नेपाल पठाइहाल्ने अनि मेस को पैसा अरु लाई तिर्देउ भन्ने । उनी आफुले किनेर रक्सी कहिल्यै नपिउने तर अरुले ल्याएको मेसो पर्‍यो र फ्री मा खान पाय भने एउटा ५ लिटर को जार नै रित्ताइदिने । जब उनी रक्सी ले मात्न थाल्थे तब निकै उचो आवाज मा कुरा गर्थे । अरुलाई थर्काउने अनि हेप्ने खालको कुरा गर्थे । अरुलाई केही नदेखेका, केही नजानेका, खान पिउन र जिउन नजानेका केटाहरुको संज्ञा दिन्थे । आफुलाई निकै उच्च र सम्पन्न खालको सम्झन्थे, उनको जिबनभर सुती सुती खान पुग्ने सम्पत्ती भएको र उनलाई हामी हरु सग बस्न, काम गर्न आवस्यक नै नभएको जिकिर गर्थे । एकदिन एक जना साथीले रेसिडेन्सी कार्ड को लागि फिङ्गरप्रिन्ट गरेको भब्य पार्टी दिएको थियो, त्यो दिन उनले यसरी पिय कि उनले पियको देखेर सबै डराएका थियौ । उनले त्यो दिन सार्है हल्ला खल्ला र लफडा गरे र सम्पत्ती को धाक दिय । अनि मैले उनलाई डराइ डराइ सोधे, “दाई तपाईं त्यत्रो करोडौ को सम्पत्ती भएको मान्छे यो बुढेसकालमा किन फेरी बिदेश आउनु भएको त ? “ उनले निकै चर्को आवाजमा कड्किदै भने, “ मलाई जीन्दगिमा धन सम्पत्ती सबै पुग्यो, म युरोप आएको मात्र ‘Relax ’ गर्न का लागि हो ‘Relax ’ ।
अझै पनि सोच्ने गर्छु उनको जस्तै तरिकाले relax गर्न कती जना Europe भासियका होलान ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *