आठ भारतीयलाई मृत्युदण्ड सजाय

नयाँ दिल्ली । कतारले भारतीय ८ नागरिकलाई मृत्युदण्ड दिने भएको छ । उक्त घटनाबाट भारत स्तम्ब भएको छ । जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको जनाइएको छ ।

उच्चपदस्थ सैनिक अधिकारीलाई मृत्युदण्ड सुनाइएको हो । भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने र बन्दीहरूलाई सबै कन्सुलर र कानुनी सहयोग विस्तारु जारी राख्ने जनाएको छ ।

ुकतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको प्रारम्भिक जानकारी भएको छ, विज्ञप्तिमा भनिएको छ, ुहामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौं।

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेवसाइटमा उल्लेख छ। कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन। ुयो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन। मन्त्रालयले सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको छ,ु विज्ञप्तिमा भनिएको छ।

केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्व नौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर छन्। उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’मा गिरफ्तार गरिएको जनाएका छन् ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *