प्रवासी नेपाली एकता समाज पोर्चुगलको अध्यक्षमा रुपक पौडेल, महासचिवमा बालकृष्ण रिजाल

पोर्चुगल । राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज पोर्चुगलको नयाँ नेतृत्व चयन भएको छ ।

पोर्चुगलमा सम्पन्न तेस्रो अधिवेशनले रुपक पौडलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण गुरुङ, उपाध्यक्षमा दर्बिन विष्ट, महासचिव बालकृष्ण रिजाल, सचिवमा अपिण रावत, कोषाध्यक्ष महेश सापकोटा निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा अमित श्रेष्ठ, ममता प्रधान, निकेश भट्टराई, विकास भट्टराई, प्रदीप पराजुली, लक्ष्मी कुँवर, अशोक भुजेल, लालमान तामाङ, आशिष तमु निर्वाचित हुनुभएको छ ।

अध्यक्ष संजय कोजुको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा नेता अंगतप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । प्रवासी नेपाली एकता समाजले पोर्चुगलमा रहेका नेपालीलाई सहयोग गर्ने, भाषण, आसनमा ध्यान नदिने नीति लिएको छ ।

अधिवेशनले पूर्व अध्यक्षहरु लगायतको कार्यसम्पादन समिति पनि गठन गरेको छ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *