काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले श्रम शक्तिको निर्यात नभई श्रम शक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् । युवालाई स्वदेशमै अवसर देखाएर उपयोग गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।
स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलायनको चक्रलाई रोक्नुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्रका उपमहासचिव पुनले औद्योगीकरणमार्फत रोजगारी सिर्जना हुने बताए ।
कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनको भनाइ छ । ‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिन ढिलाइ गर्न नहुने उनले बताए । बुधबार मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रममा पुनले श्रम शक्ति निर्यात गर्दा देश टाट पल्टिने बताए ।
पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा सार्वजनिक संस्थान धराशायी बन्दै गएको बताए । ती संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने बताए । पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै अवस।र देखाउन सक्नुपर्ने बताए । केही पनि हुँदैन भन्ने भ्रम त्यागेर आत्मविश्वास जगाउन जरुरी रहेको उनको भनाइ छ ।
उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको ठोकुवा गरे ।