उत्पादन क्षमता ह्रास हुँदै, टाट पल्टिने अवस्थामा पुग्यो अर्थतन्त्र

काठमाडौं । नेपालको उत्पादन क्षमता हरेक वर्षजस्तो घट्दै गइरहेको छ । उत्पादनमुखी भन्दा व्यवसायमुखी अर्थतन्त्र हाबी हुँदा उत्पादन क्षमता घट्दै गएको हो । युवाहरु खेती छोडेर वैदेशिक रोजगारीमा लागेका छन् ।

व्यापारीहरु उत्पादन छोडेर विदेशी सामानाको बिक्रीमा रमाइरहेका छन् । सरकारका अधिकारीहरु रेमिट्यान्समै देश चलाइरहेका छन् । जसले गर्दा देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ ।

अर्थतन्त्रका सूचकहरु नकारात्मक बन्दै छन् । स्वदेशको कुनै पनि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन । निर्यातजन्य वस्तुको उत्पादन पनि बढ्न सकेको छैैन ।

पछिल्ला वर्षहरुमा सरकारले निरन्तर घाटा बेहोरिरहेको छ । नेपालको उत्पादन घट्दै जाँदा सबै विदेशी सामानमा निर्भर हुनुपरेको छ । कुनै समयमा धान निर्यात गर्र्ने मुलुक थियो ।

अहिले नेपालले कृषिजन्य वस्तु साढे २ खर्ब भन्दा बढीको आयात गर्दै आएको छ । नेपालमै संभावना भएका वस्तु पनि उत्पादन नगरी विदेशबाटै मगाएर खानुपरेको छ ।

कृषकको उत्पादनले बजार पाउन सक्दैन तर, विदेशबाट आएका तरकारी तथा फलफूलले बजार पाउँदा किसान निरााश छन् ।

भन्सार विभागको तथ्यांक अनुसार निर्यातको तुलनामा आयातको तथ्यांक उच्च स्तरमा छ ।
विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७९र८० मा एक करोड १३ लाखको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको छ । जबकी नहुँदा पनि खासैै समस्या नपर्ने भए पनि त्यसको उपयोग बढ्दै गएको छ ।

बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिन्छन् । एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ ।

लुगा सिउने सियो र सेफ्टी पिनको आयात पनि बढेको छ । त्यसका लागि दुई करोडभन्दा बढी रकम बाहिरिएको छ ।
गत आवमा रु एक करोड ७४ लाखको सेफ्टी पिन र ६३ लाखको सियो आयात भएको छ ।

एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात भएको छ । विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा अर्र्वाै बाहिरिएको छ ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *