५ अर्बको आइपीओ आउँदै, वैदेशिक रोजगारीमा रहेकाले पनि भर्न पाउने

काठमाडौं । ५ अर्ब बराबारको आइपीओ जारी हुने भएको छ । विभिन्न १३ कम्पनीहरुले ५ अर्ब रुपैयाँ भन्दाबढीको प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेका हुन् ।

आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा बसेका छन् । १३ कम्पनीहले ५ अर्ब ६६ करोड ५ लाख बराबरको ४ करोड १८ लाख ६० हजार ६८४ कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।

सेबोनबाट स्वीृकृति पाएलगत्तै यी कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन पाउने सरकारले आरक्षण दिएको छ ।

अनुमतिको पखाईमा बसेका कम्पनीहरुमा तीन वटा जलविद्युत कम्पनी, तीन निर्माण कम्पनी र अरु अन्य कम्पनीहरु रहेका छन् । जसमध्ये दुई कम्पनीहरुले बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्नेछन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्याइनिङ मिल्सले बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्ने भएका हुन् ।

रिलायन्स स्पाइनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले न्युनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपौयँसम्म आईपीओका मूल्य तोकेको छ । त्यस्तै सर्वोत्तम सिमेन्टले पनि न्युनतम ५०१ रुपैयाँदेखि अधिकतम ७५१।५० रुपैयाँ कित दरमा २४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यी दुवै कम्पनीहरुले शुरुमा संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत सेयर निष्कासन गर्नेछन् । आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेका छन् ।

सेबोनका अनुसार सानिमा हाइड्रोपावर कम्पनीले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । त्यस्तै, कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता र हिम स्टार उर्जा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईओ निष्कासन गर्ने भएका हुन् ।

त्यस्तै, डिम मिडिया नेटवर्कले पनि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा आवेन दिएको छ । त्यसैगरी आईएमई लिमिटेडले पनि १० करोड रुपौयँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको जनाएको छ ।

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले, १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता, एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता, नेपाल वेयरिङ हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता र ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको १ज्ञ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेन दिएको छ ।

सेबोनका अनुसार भिजन लुम्बिनी उर्जा कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेकोे छ । त्यस्तै, सोनापुर मिनिरल्स आयलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२३ रुपैयाँ २८ पैसा बराबरको एक करोड २३ लाख २ सय कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले स्थानीय र कर्मचारीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरेर २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १४९।८४ रुपैयाँ प्रिमियम थप गरी २४९।८४ रुपैयाँमा आईपीओ निष्कासन गर्ने तयारी गरेको सेबोनले जनाएको छ ।

सेयर गर्नुहोस्