नागरिकता भन्दा पासपोर्ट बनाउने धेरै

गुल्मी . गुल्मीमा नागरिकता भन्दा पासपोर्ट बनाउने धेरै छन् । गत आर्थिक वर्ष २०७९र८० मा गुल्मीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा  नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ।

गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् ।  राहदानी बनाउनेको संख्या १५ हजार ८६ जना छन् ।

कार्यालयका अनुसार जिल्लामा आव २०७८र७९ मा सात हजार चार सय नौ र आव २०७७र७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन्।

स्वदेशमा रोजगारीको अभाव भए पनि अधिकांश युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । पासपोर्ट बनाएका अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ। जुन आव २०७८र७९ मा तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो।

 

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *