१० लाख ब्यारेल तेल उत्पादन घटाउँदै साउदी

साउदी अरब । साउदी अरबले तेलको उत्पादन घटाउने भएको छ । साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको हो ।

साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै तेल उत्पादन घटाएको हो ।
सेप्टेम्बरसम्म यो नियम लागू हुने छ ।

विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्तामा पर्छ साउदी । दैनिक ९० लाख ब्यारेल तेल उत्पादन गरी बजारमा पठाउनेछ । ‘तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरूले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको उर्जा मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्