काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको ‘स्टुडियो ओलम्पिको रोमा’ अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरे । ।
रङ्गशाला ७० हजार दर्शक अट्ने क्षमताको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको सुरुचीपूर्वक अवलोकन गरे ।
इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको पनि अवलोकन गरे । रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । यसमा फुटबल, रग्बी र एथलेटिक्सका खेल हुन्छन् ।