उडुस भगाउने सुरक्षित तरिका

उडुस नष्ट गर्ने विभिन्न तरिका भए पनि सुरक्षित खाले, रसायन वा विषादीको प्रयोग बेगर मार्ने उपाय अवलम्बन गर्नु मनासिब मानिन्छ । यो तरिका हानिरहित, सुरक्षित र प्रभावकारी मात्र हैन कम खर्चिलोसमेत छ ।

यसअन्तर्गत सबैभन्दा महत्त्वपूर्ण तरिका ‘ताप’ को उपयोग हो । गाउँघरतिर समेत हामीले यो तरिका जानी–नजानी प्रयोग गर्ने गरेका छौं ।

तातो पानीमा लुगाफाटा, तन्ना, सिरकरसिरानीका खोल आदि भकभक उमालेर धुने गर्दा उडुसको दुहुदुहाइ हुन्छ । योसँगै खाट, कुर्सी, टेबल लगायतका कापकापमा तातो पानी हाल्ने गर्नुपर्छ ।

धुन नमिल्ने लुगाहरू (डसना, सिरानी, सिरक) लाई चाहिँ कडा घाममा मजाले सुकाउनुपर्छ । कालो प्लास्टिकको थैलोमा लुगाफाटा राखेर चर्को घाममा केही घण्टा राख्दा पनि उडुसबाट उन्मुक्ति मिल्न सक्छ ।

उडुसबाट छुटकारा पाउन गाउँघरतिर खाट, कुर्सी आदिलाई खोला वा पोखरीमा केही दिनसम्म डुबाएर राख्ने चलन पनि छ । सहरबजारमा भ्याकुमले सफा गर्दा पनि उडुस केही नियन्त्रणमा आउन सक्छ । तर भ्याकुम मेसिनमा जम्मा भएका उडुसलाई प्लास्टिकको थैलोमा हावा नपस्ने गरी बाँधेर पर फ्याँक्नुपर्छ । नत्र फेरि घर फर्किन सक्छ ।

विषादीको प्रयोग विज्ञको सहयोगमा मात्र गरौं

उडुस निर्मूल गर्न विषादीको प्रयोग गर्नैपर्छ । तर, यसमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । विषादीको आफूखुसी प्रयोगका कारण गाउँघरमा मात्र होइन, सहरबजारतिर पनि भएका दुर्घटनाहरूबारे हामीले सुनेका छौँ ।

यसैले विषादीको उपयोग आफूले गर्नुहुन्न । यसका लागि विषादी वारे जानकार व्यक्तिको सहयोग लिनुपर्छ । हाल सहरहरूमा पेस्ट कन्ट्रोल सेवासमेत छ ।
दी वारे जानकार व्यक्तिको सहयोग लिनुपर्छ । हाल सहरहरूमा पेस्ट कन्ट्रोल सेवासमेत छ ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More