काठमाडौ । प्रधानन्यायााधिश नियुक्री प्रक्रिया अघि बढेको छ । शीर्ष तीन दल नियुक्रीका लागि सहमत भएपछि सरकारले बैठक बोलाएका छन् ।
प्रधानन्यायाधिस सिफारिसको एजेण्डासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।
परिषद्को बैठक बोलाउने विषयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।
साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्षे उमेरहदका कारण अवकास पाउँदैछन्। संविधानअनुसार अवकाश पाउनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएकाले परिषद्को बैठक बस्न लागेको हो।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध २०७८ साल फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए। तर, महाभियोगबारे निर्णय भएन ।
त्यसपछि दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश भए पनि लामो समयसम्म प्रधानन्यायाधीशमा सिफारिस हुन सकेन। २०७९ असोजमा कार्कीले पनि अवकास पाए। त्यसपछि हरिकष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश भए।