बेल्जियम । म्याग्दीमा जन्मिएर पर्वतमा बाल्यकाल बिताएकी रुविना शर्मा छोटो उमेरमै सफलता प्राप्त गरेसँगै वाहवाही पाएकी छन् ।
एनआरएनए बेल्जियममा भने नयाँ पुस्ता नेतृत्वको उच्च तहमा पुगेका छन् । २५ वर्षीय रुविना एनआरएनएको राष्ट्रिय समिति बेल्जियमको महासचिवमा निर्वाचित भएसँगै एनआरएनएप्रति नयाँ पुस्ताको आशा पलाउन थालेको छ ।
विश्वभरी फैलिएका नेपालीलाई जोड्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)मा रुविनाजस्ता नयाँ पुस्ता उदाउन थालेका छन् । यद्यपि,पछिल्लो पुस्ता राजनीति प्रति वितृष्णा छ । एनआरएनएप्रति पनि धेरैको वितृष्णा बढ्दै गएको छ ।
यसका बाबजुट धुमिलिएको एनआरएनएको राजनीति संलो बनाउन नयाँ पुस्ताका लागि रुविना उदाहरणीय पात्र बन्न थालेकी छन् । राजनीतिक खिचातानीमै रुमल्लिएको एनआरएनए मुमेन्ट सम्हाल्न अब रुविनाजस्ता नयाँ पुस्ता हरेक देशबाट उठ्न जरुरी देखिएको पनि छ ।
महासचिव निर्वाचित भएसँगै रुबिनाले सुधार अभियान सुरु गरिसकेकी छन् । प्रविधिमैत्री बनाउन उनले गृहकार्य अघि बढाएको बताउँछन् । पूराना कार्यसमितिको बैठकका माइन्युट स्क्यानिङ गर्ने र इमेलमा आएका चिठीपत्रसमेत व्यवस्थित गर्न सुरु गरिसकेकी छन् ।
१४ वर्षकै उमेरमा बेल्जियम आएकी रुविना १८ वर्ष हुँदा एनआरएनएको पञ्जिीकृत सदस्य भएकी थिइन् । अघिल्लो कार्यकाल सदस्य भएर सक्रियता देखाएकै कारण महासचिवमा निर्विरोध निर्वाचित हुन सघाउ पुगेको उनले बताइन् ।
‘बेल्जियमबासी नेपाली समुदायले दिनुभएको विश्वासलाई कहिलै पनि तोड्ने छैन्, संस्थाभित्रको छोटो अनुभव र उमेरले पनि मैले यो अभियानमा धेरै कुरा सिक्न बाँकी छ,’भन्छिन्,‘आगामी दिनमा अग्रजहरुसँग सिक्दै जाने र नयाँपुस्तालाई संस्थाभित्र अवसर दिने गरि कार्यक्रम ल्याउन प्रयास गर्नेछु ।’
संस्थाको विधि र विधानलाई कडाईका साथ लागू गर्न प्रयत्नसिल रहने उनले अठोट लिएकी छन् । संस्थागत अनुसाशनलाई समेत थप बलियो बनाएर बेल्जियमबासी नेपालीहरुको शिर उच्च राख्न प्रयास गर्ने उनको योजना छ ।
उनले नेपालको संस्कृति र पर्यटनसँग जोड्न विशेष कदम चाल्ने योजना बनाएकी छन् । बेल्जियममा हुर्केका बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने उनको योजना छ । उनी सदस्य हुँदा पनि बालबालिका पढाउँदै आएकी थिइन् । पढाउने अनुभव नहुँदा नहुँदै पनि बालबालिकालाई नेपालको भाषा र संस्कृतिसँग जोड्न तल्लिन भएकी थिइन् ।
बालबालिबालाई भाषा र संस्कृति सिकाउने अभियानमा उनलाई साथ दिन अरु सारथीहरु पनि जोडिएका छन् । महासचिव कार्यकालयमा ६ वटै क्षेत्रका कम्तीमा पनि सय जना बालबालिकालाई भाषा र संस्कृति सिकाउने उनको योजना छ ।
नेपालको पर्यटनलाई चिनाउन पनि उनले काम गर्ने सुनाएकी छिन् । नेपालको पर्यटन प्रवद्र्धन गर्न रचनात्मक काम गर्ने योजना ल्याएकी छिन् । त्यसका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने उनको योजना छ ।
हेप्ल्लाइन, कानूनी परार्मश सेवा, सदस्यता वितरणमा सहजिकरण नयाँ पुस्तालाई व्यवसायमा जोड्ने नागरिकताको निरन्तरताको लागि आवाज उठाउने योजना उनले उद्घोष गरेकी छन् । सचिवालय व्यवस्थित गर्ने महिला तथा युवाहरुका क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने उनले प्रतिवद्धता जाहेर गरेकी थिइन् ।
बेल्जियममा १० हजार भन्दा बढी नेपाली छन् । पोर्चुगलबाट जाने नेपालीहरु पनि बढ्दै गएका छन् । बेल्जियममा दुई हजार ५ सय ७३ जना पञ्जीकृत सदस्य छन् । एनआरएनएलाई बेल्जियममा अग्रणी संस्थाका रुपमा अघि बढाउने उनको तिर्व इच्छा छ ।
सांग्रलिा समाजकी सचिव समेत रहेका रुविना नयाँ पुस्तालाई जोड्न विशेष कदम चालिने उनले सुनाइन् । रुविना ६ वटा भाषामा पोख्त छिन् । नेपाली, अंग्रेजी, हिन्दी, डच, फ्रेन्च र ल्याटिनमा पोख्त छिन् ।
रुविना महासचिव कार्यकालमा रचनात्मक काम गर्दै आगामी कार्यकाल नेतृत्वमा जाने योजना बनाइसकेकी छिन् । त्यसपछि एनआरएनएको अन्तर्राष्ट्रिय मुमेन्टमा संलग्न हुने उनको इच्छा छ । निर्वाचन अघि घोषणा गरेका प्रतिवद्धतामा क्रमशः कार्यन्वयन गर्ने गृहकार्य गर्दै छिन् ।
।
‘उमेरमा निकै कम छु तर काम गर्न उमेरले छेक्दैन’ रुविना भन्छिन्, विगतमा पनि सकेको काम गरेको हुँ, अब जिम्मेवारीमा हुँदा सम्झनलायकको काम गर्ने छु ।’
पर्वतको पाङमा हुर्किएकी रुविना मावली हजुरबुवा गंगाधर पौडेलबाट ठूलो प्रेरणा पाइन् । उनका हजुरबुवा लोकप्रिय गाविस अध्यक्ष थिए । अहिले पनि उनलाई गाउँ मानसम्मान र आदार गर्छन् । समाजका लागि सधैँभरी निस्वार्थ तरिकाले लाग्ने हजुरबुवाको बाटोमा रुविना हिँडेकी छन् । उनी पनि हजुरबुवाजस्तै सधैँभरी सम्मानित हुन चाहन्छिन् ।