काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन ३० जुलाईमा हुने भएको छ । निर्वाचन अनलाइनबाट हुने छ ।
निर्वाचनको तयारी लगभग पूरा भएएको जनाइएको छ । कार्यसमितिले निर्वाचनका लागि २ हजार २ सय ७८ जनाको नाम टिपाएको छ ।
नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी घोषणा गर्दैछन् । सहमतिको प्रयास जारी रहे पनि चुनावका लागि उम्मेदवारहरुले गृहकार्य गरिरहेका छन् ।
गैरआवासीय नेपाली संघ पोर्चुगल निर्वाचन समितिले विशेष आग्रह गर्दै आगामी नेतृत्व सहमतिमा सर्वसम्मत रूपमा चयनमा सबै पक्षको महत्त्वपूर्ण भूमिका हुने हुँदा सहमति, सहकार्य र एकताको प्रक्रियाबाट नेतृत्व छनौट गर्न आग्रह गरेको छ ।
जुलाई २७ देखि निर्वाचन प्रक्रिया सुरु हुने तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका संयोजक प्रेम खड्काद्धारा जारी विज्ञप्तिमा २७ जुलाई ११ बजे उम्मेदवारी दर्ता समय तय गरिएको छ । २९ जुलाई १२ बजेसम्म अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
३० जुलाई ११ बजेदेखि मतदान सुरु हुने छ ।
उम्मेदवार बन्न कति तिर्नुपर्छ, हेर्नुहोस् सूची