अनलाइनबाट गुनासो दर्ता गर्न सकिने

काठमाडौं । विदेशमा बसेका नेपालीहरुले अनलाइनबाट गुनासो गर्न पाउने भएका छन् । कन्सुलर सेवा विभागले गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन पाइने व्यवस्था गरेको छ ।

विभागस्थित कार्यालयमा बिहीबार गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको व्यवस्था गरिएको हो।
कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने सकिन्छ। फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने छ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको बताउनुभयो ।

उहाँले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्तिसहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी बताउनुभयो । उहाँले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

‘‘आजदेखि यो नयाँ मोड्युलले सबै नियोगहरुमा हामीले देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति यसरी अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था गरेका छौं । सरल र पारदर्शी ढङ्गले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ गरेका छौँ । ’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘त्यसलाई म्यानपावर एजेन्सीहरु राजदूतावास नै पुग्नुपर्ने, काम नभए फर्किनुपर्ने अवस्था छ, त्यो सबैलाई जोडेर म्यानपावर एजेन्सी कम्पनीहरु पनि दूतावास आउनु नपर्ने, कम्पनी अफिसबाटै गर्न सकिने, दूतावासले पनि प्रमाणीकरणको प्रक्रिया ठिक छ की छैन भन्नेकुरा हेर्ने र ठिक छ भनेपछि आएर पेमेण्ट गर्ने गरी एटेस्टेशन पूरा गर्नेगरी हामी वैदेशकि रोजगार विभागसँग समन्वय गरी छलफल गरिरहेका छौं । यसले अर्को कायापलट गर्नेछ ।’’

 

सेयर गर्नुहोस्