सेफ खारेज प्रकरण : तीन लाख बसोबास अनुमती के हुन्छ ?

पोर्चुगल । सेफ खारेज हुनुअघि तीन लाख बसोबास अनुमति के हुन्छ भन्ने विषयमा अन्योलता छाएको छ ।  सेफ खारेज यहीँ अक्टुबर २९ मा हुदैँछ । यो सँगै पूराना निवेदन के हुन्छ भन्ने विषयमा सरकारी अधिकारीहरु नै अन्योलमा छन् ।

अप्रावासीका मुद्धा सम्बोधन गर्नका लागि नयाँ निकाय गठन गर्ने तयारी गरिए पनि पूराना आवेदन कसरी सम्बोधन गर्ने भन्ने विषयमा अझै अन्योलता छ ।

पोर्चुगलमा बसोबास अनुमति प्राप्त गर्नको लागि २ लाख ९२ हजार आवेदन पेन्डिङमा छन् । एक वर्षअघिको मिती नै प्रक्रियामा आउन सकेको छैन ।

आउँदो आइतवार खारेज हुने फरेनर्स एण्ड बोर्डर्स सर्भिस ((सेफ)ले को जिम्मेवारी नयाँ निकायले कसरी सम्बोधन गर्छ भन्ने सर्वाधिक चासोको विषयमा हेरिएको छ ।

सरकार नै अन्योलमा परेकाले उक्त मुद्धा कसरी सम्बोधन हुन्छन् र नयाँ कसरी जान्छन् भन्ने विषयमा कतै पनि खुलाइएको छैन । नयाँ निकाय गठन गर्ने भनिए पनि विधान पारित नहुँदा सर्वत्र अन्योलता छाएको छ ।

सेफको सापा अनलाइन पोर्टलमा दैनिक एक हजार जना विदेशी नागरिकले पोर्चुगलमा बसोबास गर्ने रुचीको अभिव्यक्ति (सेफ लक गर्ने) गर्छन् ।

सेफको जिम्मेवारी अब एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम (एआईएमए) ले लिने छ ।

सेफका निर्देशक पाउलो बटिस्टाले अथक प्रयास गरेर धेरै नयाँ आवास अनुमतिहरु जरी गरिएको बताए । स्रोत र साधानले भ्याएसम्म विदेशीलाई कार्ड दिइएको उनको भनाइ छ ।

यस वर्ष सेफले ३ लाख ६ हजार विदेशीलाई नयाँ आवास अनुमतिहरू जारी गरेको छ ।

तथ्याङ्क अनुसार पोर्चुगलमा सबैभन्दा बढी प्रतिनिधित्व गर्ने विदेशी समुदाय ब्राजिलियन छन् । चार लाख ७ सय ५९ ब्राजिलियन हुँदन दोस्रोमा युक्रेनी पर्छन् ।

७७ हजार ६ सय ८० र युनाइटेड किंगडम ५६ हजार ९ सय २१, अंगोला ५५ हजार ९८३, केप भर्डे ५४ हजार ३३५, भारत ४७ हजार ५५८ र इटाली ३९ हजार ९१४ छन् ।

नेपाली समुदायका अगुवाहरुले करिब ६० हजार नेपाली रहेको दावी गरे पनि पोर्चुगलमा कति  बसोबास गर्छन् भन्ने विषयमा बोलिएको छैन ।

सेफका अनुसार सेप्टेम्बरसम्म १० लाख विदेशीले यहाँको आवास अनुमति लिएका छन् ।

सेयर गर्नुहोस्