पोर्चुगल । मान्छेको जीवन बाहिरी आवरण मात्र सत्य होइन । भित्री संसार सबैभन्दा महत्वपूर्ण हुन्छ । समस्या पहिचान नहुँदा मान्छे आकुल, व्याकुल भइरहेको हुन्छ । बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्री संसारमा खटपट चलिरहेको हुन सक्छ ।
जीवनका हरेक पक्षमा सही नतिजा प्राप्त गर्न भित्री संसारलाई सुन्दर र व्यवस्थित गर्नैपर्छ । भित्री संसारमा समस्या भएकै कारण बाहिरी जीवन लथालिंग भइरहेको हुन्छ ।
जिन्दगी सुन्दर बनाउन भित्री संरचनाले ठूलो भूमिका खेलेको हुन्छ । मान्छेको जीवन छिनछिनमै परिवर्तन भइरहेको हुन्छ । एकैछिन ठिक भएको मान्छे एकैछिन पछि दुःखी, तनाव र बिरामी भइरहेको हुन सक्छ ।
मान्छेले आफ्नो भित्री संसारलाई चिनेर, समस्या पहिचान गरेर निराकरण गर्न सके सफलता र आर्थिक संमृद्धि सजिलै हात पार्न सक्छ । मान्छेले भित्री संसारलाई सुन्दर र व्यवस्थित बनाउन कुनै कसर बाँकी राख्न हुन्न ।
विचार, भावना, कार्य र परिणामले मान्छे चलिरहेको हुन्छ । कस्तो विचार आउँछ, कस्तो महसुस हुन्छ ?, कार्य कसरी भइरहेको छ र नतिजा कस्तो आइरहेको छ भन्ने कुराले जीवन कसरी चलिरहेको छ ? थाहा पाउन सकिन्छ । यसैबाट व्यक्तिको भित्री संसार कस्तो छ भन्ने थाहा पाउन सकिन्छ ।
सकारात्मक सोच र चिन्तनले नै जीवन व्यवस्थित गर्न सकिन्छ । सफलता र आर्थिक संमृद्धि हासिल गर्न सकिन्छ । जीवन व्यवस्थित गर्न बाह्य संसार भन्दा भित्री संसारको उपचार गर्न जरुरी हुन्छ ।
ध्यान, योग, व्यायाम तथा नियमित अभ्यासबाट जीवन सुन्दर र आकर्षक बनाउन सकिन्छ । हरेक मान्छेमा आफैलाई निको पार्ने शक्ति हुन्छ ।
तिर्थबहादुर तामाङ लामा गौतम बुद्धका सन्देश र कर्म चिन्न नसक्दा आम मान्छेले दुख पाएको बताउनुहुन्छ । गौतमबुद्धका सन्देश आत्मसात गरी आफ्नो जीवनको खोज आफै गर्न सक्दा भित्री संसार सुन्दर बन्न सक्छ ।
लामो समयदेखि बुद्धको सन्देश लोभ हुँदै गएको उहाँ बताउनुहुन्छ । अरु धर्मले आक्रमण गर्दा बुद्ध धर्म ओझेलमा परेको उहाँको भनाइ भनाइ छ ।
लामा भन्नुहुन्छ–‘मन्त्रले पनि जीवनलाई रचनात्मक र सिर्जलशील बनाउनुका साथै हरेक समस्याको गाठो फुकाउँछ ।’ लामा यतिखेर पोर्चुगलमा हुनुहुन्छ ।
गत ८ महनादेखि उहाँ लिस्बनमा बस्दै आउनुभएको छ । विभिन्न किसिमबाट मन्त्र गरिएको जन्तरले धेरैलाई बेग्लै पहिचान दिएको उहाँको अनुभूति छ ।
यसले भित्री संसारलाई सुन्दर बनाउँछ । भित्री संसार सुन्दर हुन सके बाहिरी संसार अटोमेटिक सुन्दर बन्ने नै भयो ।
लामाले रोजगारीमा हुने समस्या (जागिर नपाउने, नटिक्ने, काममा गालि खानुपर्ने) समस्याबाट मुक्त हुन सकिने दावी गर्नुहुन्छ । त्यस्तै लामो आयु बाच्न सकिने, रोगव्याधीले सितिमिति नछुने, चक्कर लाग्ने समस्याबाट मुक्त भई सधैँ खुसी, प्रसन्न हुन सकिने उहाँको भनाइ छ ।
पैसा नजोगिने, सापटी दिएको पैसा नफर्किने, महिला, बालबालिका तथा सुत्केरी अवस्थामा हुने समस्या समाधान गर्न जन्तरले सहयोगी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।
हालसम्म ६ सय बढीले यस्तो जन्तर लगाएको र उनीहरुले आफ्नो जीवनमा राम्रो अनुभूति गरेको लामा दावी गर्नुहुन्छ । ग्रह हेरेर जन्तर लगाउनाले मान्छेको आन्तरिक शक्ति मजबुत हुने, हरेक दिन हुने काममा नतिजा प्रभावकारी आउने, सुख, शान्ति र संमृद्धि बढ्ने लामाको दावी छ ।
पोर्चुगलमा पनि बिस्तारै मान्छे आउन थालेको, जन्तर लगाउने गरेको उहाँले बताउनुभयो । बौद्धिक मार्गका गुरुङ, तामाङ, लामाको पुजा गर्न, हेराउन, जन्तर लगाउन मान्छे आउने गरेको उहाँको भनाइ छ ।
लामाले पोखराको विजयपुर डाँडाँमा आमितावा गुब्बा बनाउनुभएको छ । २०७० सालमा स्थापना भएको गुम्बामा ३१ जना बालबालिकाले पढ्छन् । त्यसमध्ये ८ जनाले उच्च शिक्षाका लागि क्याम्पस पढ्न थालिसकेको उहाँको भनाइ छ ।
उहाँले बनाएको गुम्बा पर्यटन क्षेत्र बनेको छ । पोखरा, लम्जुङ, गोरखाका मानिसहरु आउँछन् । विदेशीहरु पनि गुम्बा हेर्न जान्छन् । दुईजना गुरुहरुले बालबालिकालाई पढाउँछन् ।
तिर्थबहादुरले उनीहरुको शिक्षादिक्षाका लागि व्यवस्थापन गर्ने, समग्र गुम्बाको रेखदेख गर्नुहुन्छ । १६ वर्ष इन्डियन आर्मी बनेका लामाले पेन्सनबाट आउने पैसा पनि गुम्बाका लागि खर्चिनुभएको छ । उहाँले १९ महिना लामा अध्ययन गर्नुभएको थियो । उहाँले ११ प्रकारको ध्यान सिक्नुभएको छ ।
अहिले उहाँ मान्छेको आन्तरिक शक्ति तथा आत्मविश्वास बढाउन उत्साहित भएर लाग्नुभएको छ । जन्तर लगाएरै मान्छेले जीवन परिवर्तन गरेको, सुन्दर, व्यवस्थित गरेको र आफैसँगको युद्ध जित्न सकेको उहाँ दावी गर्नुहुन्छ ।
हेर्नुहोस् । जन्तरको महत्वबारे तिर्थबहादुर लामाको भिडियो ।