मेट्रो कहाँ कहाँ बन्द छ, जान्नुहोस्

लिस्बन । लिस्बन मेट्रोमा केही ठाउँमा लिफ्ट र एस्केलेटर मर्मत संभार भइरहेका छन् ।

लिस्बन मेट्रोसँग स्टेशनहरूमा पहुँच सुधार गर्न र मेकानिकल उपकरणहरूको आधुनिकीकरण गर्न मर्मत, संभारका काम गर्न लागिएको हो ।
१ सय १७ लिफ्ट, २ सय ३४ एस्केलेटर र १० वटा मुभिङ वाकवेहरू मर्मत संभार भइरहेका छन् । यस उपकरणमा भएका त्रुटिहरू मर्मत गर्न लागिएको हो ।

ग्राहकको पहुँच र सुरक्षा सुनिश्चित गर्न दैनिक धेरै कार्य हुँदै आएको मेट्रो कम्पनीले जनाएको छ ।

मेट्रोका अनुसार यी सुधार कार्यहरू भइरहेका छन् । यी क्षेत्रहरुमा एस्केलेटरको आधुनिकीकरण र प्रतिस्थापन भइरहेको छ । मर्मत संभार गर्नका लागि १.५ मिलियन यूरो लाग्ने भएको छ । २०२३ भित्र सुधारको कार्य सक्ने योजना छ ।

बाइसा साडो

१) लिफ्टको आधुनिकीकरण र प्रतिस्थापन अक्टोबर १२ मा सुरु हुने छ । यसको मर्मत संभारका लागि २२३ हजार यूरो लाग्ने छ । २०२४ को फेब्रुअरीमा काम सक्ने योजना छ ।

क्याम्पो ग्रान्डे

एस्केलेटरको आधुनिकीकरण र प्रतिस्थापन हुँदै छ । यहाँ २.९ मिलियन यूरो लाग्ने छ । २०२३ भित्रै यहाँको कार्य सक्ने लक्ष्य छ ।
अल्मेडा १,२
५ लिफ्टहरूको आधुनिकीकरण र प्रतिस्थापन हुने छ । सेप्टेम्बर छ मा मर्मतको काम सुरु भइसकेको छ । १ मिलियन यूरो लगानी लाग्ने छ ।
२०२३ भित्र मर्मत, संभारको काम सक्ने योजना छ ।
कार्नाइड

एस्केलेटर मर्मतसम्भार हुँदैछ । ५५.५ हजार यूरो लाग्ने छ । मर्मतको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।
पोन्टिन्हा
एस्केलेटरको मर्मतसम्भार भइरहेको छ । यहाँ ७४ हजार यूरो लाग्ने छ । यहीँ अक्टुबरभित्र काम सकिने छ ।

त्यस्तै कम्पो पेक्वेनो, पिकोआस, मार्टिम मोनिज र इन्टेन्डेन्ट स्टेशनहरूमा पनि मर्मतको काम गर्नुपर्ने देखिएको छ । यहाँ मर्मतका लागि छिट्टै सम्झौता गर्ने योजना छ । यी सबै क्षेत्रमा सुधार गर्नका लागि ७.९ मिलियन यूरो लाग्ने देखिएको छ ।

मर्मतको काम भइरहेका यी क्षेत्रमा एस्केलेटर र लिफ्ट बन्द गरिएका छन् । ११.१ प्रतिशत एस्केलेटर र ९.४ प्रतिशत लिफ्टहरू क्षतिको कारण र मर्मतको प्रक्रियामा रहेकाले बन्द भएको मेट्रो कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्