तछाड मछाड गर्दैन, उपाध्यक्षमै उम्मेदवारी दिन्छु : शर्मा

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका आकाक्षी डा. हेमराज शर्माले उपाध्यक्ष पदमै उम्मेदवारी दिने भएका छन् ।

अध्यक्षको तयारी गरेका डा शर्माले बुधवार विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने भन्दै उपाध्यक्षमै उम्मेदवारी दिने उनको योजना छ ।

डा शर्माले प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने र संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित आउने घोषणा गरेका छन् ।

सेयर गर्नुहोस्