काठमाडौं । आफ्ना माग सररकाले नसुनेको भन्दै शिक्षकहरु सडकमा उत्रिएका छन् ।
शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु पढाउन छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । आज संविधान दिवसकै दिन शिक्षकहरु आन्दोलन गरेका हुन् ।
गाडी रिजर्भ गरेर काठमाडौं आएका शिक्षकहरुको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ ।
माइतीघर–बानेश्वर सडकमा हजारौं शिक्षकहरु आन्दोलन गरिहेका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु आन्दोलन गरेका हुन् । माग पूरा नभए सम्म नरोकिने उनीहरुको अडान छ ।