काठमाडौं । मानव तस्करको आरोपमा रुकुम घर भई अमेरिका बस्दै आएका हस्त गौतम पक्राउ परेका छन् ।
विभिन्न प्रलोभन देखाइ अमेरिका पठाउने आशवासन दिने गौतमलाई प्रहरीले हाल अमेरिकाको टेक्सासमा बस्ने गौतमलाई पक्राउ गरेको हो ।
गौतमले युएई, थाल्यान्ड, जाम्बिया, सिंगापुरलगायतका देशमा अलपत्र पार्ने काम गर्दै आएको जनाइएको छ । राहदानी, मोबाइल समेत जफत गरी अलपत्र पार्ने गरेको प्रहरीको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।
बढी पैसा माग्ने, भनेजति पैसा नदिएमा शारिरिक, मानसिक यातना दिने गरेकाले मानव बेचबिखन तथा सांगठिन अपराधका विषयमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उनलाई रुपन्देहीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।