सेजनमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ नेतृत्व चयन भएको छ । सेजनको २५ औँ वार्षिक साधारणसभाले सुजन वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा विनय बन्जरा, महासचिवमा विश्वास रेग्मी, सचिवमा सोभित थपलिया, कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । रेग्मी निर्विरोध निर्वाचित भएका हुन् भने अरुले प्रतिष्पर्धीलाई पछि पार्दैै जित निकालेका हुन् ।

सदस्यमा ममता थापा, हेमन्तराज जोशी, छवी सापकोटा, केशु लामिछाने, वसन्तराज उप्रेती निर्वाचित भएका छन् ।

अध्यक्षमा वलीले ९९ मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धी शिरोमणि ढुंगानाले ९६ र अर्का प्रतिष्पर्धी सरु ढकालले ५६ मत ल्याइन् । उपाध्यक्षमा बन्जराले १३५ मत ल्याए भने उनका प्रतिष्पर्धी भागत भट्टराईले ११५ मत ल्याए ।

सचिवमा थपलियाले १ सय ६ मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धी मुना कुँवरले ७९ र अर्का प्रतिष्पर्धी रन्जु काफ्लेले ६४ मत ल्याए । कोषाध्यक्षमा पुरीले १६० मत ल्याउँदा उनका प्रतिष्पर्धी कमला अर्यालले ८५ मत ल्याइन् ।

सेयर गर्नुहोस्