काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा बोल्दै ढकालले भने,पर्यटन आगमन र रेमिट्यान्स बढ्दै गएको छ । बैंकहरुमा निक्षेप बढ्ने क्रममा छ । यसले अर्थतन्त्रमा सुधारको संकेत गरेको छ ।
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेसँगै अर्थतन्त्र थप चलायमान हुनेको निजीक्षेत्र आशावादी रहेको ढकालले बताए। अर्थतन्त्र सुधारको लागि निजी क्षेत्र दिएको सुुझावको सरकारले वेवास्ता गरेको ढकालले बताए । सरकारी निकायहरुबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो ।
निजी क्षेत्रले भोग्दै आएको समस्याको मुख्य कारण सरकारी निकायबीचको समन्वयको अभाव भरको उनले बताए ।