यूरोप संयोजकमा सागर सुवेदीको उम्मेदवारी घोषणा

अष्ट्रिया । अष्ट्रियाका स्वतन्त्र सामाजिक अभियन्ता सागर सुवेदी गैरआवासीय नेपाली संघ(एनआरएनए)को यूरोप संयोजकमा निर्वाचन लड्ने घोषणा गरेका छन् ।

एनआरएनएको युरोप उपसंयोजक रहेका सुवेदी बौद्धिक छवि बनाएका लेखक तथा विश्लेषक समेत हुन् । गैरआवासीय क्षेत्रमा देखिएका विकृति, विसंगतिका विरुद्ध आवाज उठाउने सुवेदी धेरैको रोजाइमा परेका छन् ।

सम्पूर्ण डायस्पोराको नेपाली भुइँमान्छेबाट उठेका मुद्धाहरूमा प्राथमिकता दिएर काम गर्ने सुवेदी बताउँछन् ।  विदेशमा बेचिन पुगेका हजारौँ चेलीहरूको अस्मिता, कफनमा नेपाल फर्कन बाध्य मजदुरको सपना तथा विदेशिनु पर्ने बाध्यतालाई सम्बोधन हुनेगरी काम गर्ने अठोट सुवेदीको छ ।

आउँदो अक्टुबरमा एनआरएनएको निर्वाचन हुँदै छ । निर्वाचनका लागि सुवेदीले गृहकार्य अघि बढाइसकेका छन् । आफ्ना क्षेत्रमा मतदातासँग भोट माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने, सम्पर्क बढाउने काम तीर्व बनाएको सुवेदी बताउँछन् ।

सेयर गर्नुहोस्