काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्य गर्नका लागि प्रयास जारी छ । तर, अहिलेसम्म गतिरोध अन्त्य हुन सकेको छैन ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिनिधिसभाका राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी सभापित रवि लामिछाने छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवाहक अध्यक्ष वुद्धिमान तामाङ, जसपाका राजकिशोर यादव, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका नेताहरु सहभागी छन् ।
संसदमा जारी अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रतिनिधिसभाका राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुन तस्करीको विषयमा न्यायिक छानबिनको माग गर्दै प्रतिपक्षी दल एमालेले पटकपटक प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठक रोक्दै आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाएका छन् । सो समयमा संसदमा गतिरोध अन्त्यको विषयमा छलफल हुने छ ।