विदेश जाने ४० प्रतिशत बढे, यो वर्ष ५ लाख विदेशिए

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा ४० प्रतिशतले बढेका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४०.३ प्रतिशतले बढेर ४ लाख ९७ हजार ७ सय ४ जना विदेश पुगेका हुन् । संस्थागत तथा व्यक्तिगत–नयाँ सबै गरेर उक्त संख्यामा विदेश गएका हुन् ।

चर, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ। समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको हो।

 

सेयर गर्नुहोस्