नेपालमा प्रविधि मेला हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१  मा नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो ।

कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा आठ वर्षदेखि कार्यरत क्लक बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौतीहरू र अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावनाहरू पत्ता लगाउने र यसका लागि सरोकारवालाहरूबीचको समन्वयलाई अघि बढाउने लक्ष्य राखेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए ।

कार्यक्रममा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता हुनेछ । एकै छानामुनी सरोकारवालाहरू बीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने कन्क्लेभको सह-आयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले बताए ।

कार्यक्रमको मुख्य आकर्षणमा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रिजेन्टेसनका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनहरू लगायत विभिन्न शीर्षकमा सेसनहरू सञ्चालन हुनेछन् ।

यो कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको क्यान महासंघका महासचिव तथा नेपाल ब्लकचेन कन्क्लेभका संयोजक चिरञ्जीवी अधिकारीले बताए ।

कन्क्लेभमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाका लागि आउँदो भदौं ७ देखि अनलाइन रजिष्ट्रेसन खुलाइने छ । साथै स्पोन्सर तथा पार्टनरका लागि क्यान महासंघ सचिवालयमा सम्पर्क गर्न सकिनेछ।

 

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More