पर्यटकको आकर्षण बन्दै दाङको धारपानी

दाङ । दाङको धारपानीमा पर्यटकको आकर्षण बढ्न थालेको छ । पछिल्लो समयमा स्थानीयहरु मन्दिर जाने दर्शन गर्ने गरेका छन् । दाङलगायत आसपासका जिल्लाबाट मन्दिर आउनेको घुइँचो लाग्न थालेको छ ।

पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा आज अन्तिम गंगाआरती तथा दिप प्रज्वलन हुने भएको छ । महामहोत्सव सुरु भएदेखी अत्यन्तै उत्साहपूर्ण भत्तजनहरुको सहभागितामा सञ्चालन गरिदै आइएको गंगाआरती तथा दिपप्रज्वलन आज बेलुका अन्तिम पटक गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

गंगाआरतीमा एक करोड बढि दिप प्रज्वलन गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए । सुरुमा महोत्सवमको अन्तिम दिन एक करोड दिप प्रज्वलन गर्ने लक्ष्यभएपनि बक्ती बाल्न चाहने भत्तजनहरुको संख्या उल्लेख्य भएपछि एक करोड भन्दा बढि दिप प्रज्वलन गर्न थालिएको उनको भनाई छ । जसका लागि आज दिउसो १२ बजे सम्म बक्ती बाल्न चाहने भत्तजनलाई नाम दर्ता गर्न समय छुट्याइएको थियो ।

अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव घोराही ५ धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा गत साउन २ गतेदेखी सञ्चालन हदै आएको छ । मन्दिरको प्रचार प्रसार तथा धर्म र धार्मिक आस्था तप सुढृड बनाउने उदेश्यले सञ्चालित पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा हजारौ भत्तजनको सहभागिता हुदै आएको छ ।

सुरुमा महोत्सवमा दैनिक दुई चार सय भत्तजनहरुको सहभागिता होला भन्ने अपेक्षा राखेको भएपनि हरेक दिन हजारौ भत्तजनहरु उपस्थित भैदिदा आफुहरुलाई काम गर्ने थप हौसला मिलेको अध्यक्ष अधिकारीले बतााए ।

महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित पण्डित दाङ मसिनाका अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिइरहेका छन् । वाराणसी समूहले प्रत्येक दिन वेलुकी ६ बजेदेखी ७ बजे सम्म वैदिक श्रृङ्गारिक गंगा आरती गर्ने गरेको छ ।

महामहोत्सव अवधिभर बिहान ६ बजेदेखी ७ सम्म पतञ्जली योग घोराही नगरसमितिको सहयोगमा योग प्रशिक्षण,७ देखी ९ बजे सम्म मण्डव पुजा तथा हवन सञ्चालन,९ देखी ११ बजे सम्म पुरुषोत्तम महात्म्य पाठ पारायण,११ देखी दिउसो ४ बजे सम्म संगीतमय लिलामय पुरुषोत्तम महात्म्य प्रवचन,बेलुही ६ देखी ७ बजे सम्म पुरुषोत्तम एवं बोलबम महाआरती र बेलुकी ७ देखी ९ बजे सम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

 

सेयर गर्नुहोस्