व्यापार नीतिमा महिलालाई मुख्य प्रवाहमा ल्याइदै

काठमाडौं: व्यापार तथा यस सम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने लैङ्गिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीति निर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालाहरूसँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय  तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्र (आइटिसी)  को शि ट्रेड इनिसियटिभ्स् (SheTrades  Initiatives) को संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूलप्रवाहीकरण कार्यशाला आयोजना भएको हो।

कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलनहरू, र व्यापारमा महिला सहभागिता, विकल्पहरू, र नीति मार्फत महिला सशक्तिकरणका कदमहरू, र लैङ्गिक मूलप्रवाहमा अन्य देशहरूमा राम्रो अभ्यासहरू प्रवर्द्धन गर्ने उपकरणहरू सम्बन्धी प्रमुख मुद्दाहरूबारे प्रस्तुति रहेका थिए ।

साँढे दुई दिने उक्त कार्यशालाले व्यापार नीतिहरूमा लैङ्गिक मूलप्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिला व्यवसायिक संघहरूलाई यस सम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गर्दैछ।उक्त अवसरमा आइटिसीद्धारा तयार पारिएको सि-ट्रेड आउटलुकले औल्याएका विषयहरूबारे सम्बद्ध विज्ञहरू र सरकारी निकायहरू, महिला संगठनहरू, र विकास साझेदारहरू निकायका प्रतिनिधिहरूसँग छलफल गरिदैछ।

यस कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र  सिकेका पाठहरू आदान प्रदान गरिनुका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरू खोजिने छ।यस अवसरमा महिला व्यवसायीहरू व्यापारमा उनीहरूको सहभागिता प्रवर्द्धन गर्ने नीतिगत प्राथमिकताहरूमा छलफल गर्ने छन् । महिला उद्यमीहरूलाई व्यापारको मुलप्रवाहमा ल्याउनको लागि कार्यशालामा महिलाहरूद्धारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरू समक्ष पेश गरी कार्यान्वयनको लागि पहल गरिने छ ।

यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउन अनुकूल वातावरण सृजना गर्ने  र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूमा महिलाहरूको बढी पहुँचको लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त अवसरमा आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताइन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वय आवश्यक रहेको बताए ।

नेपालका लागि इयु डेलिगेसनकी सहयोग उप प्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणहरूले महिलाहरूलाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरहरूको परिकल्पना गरेको बताउँदै महिलाहरूलाई व्यापारको मुल प्रवाहिकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More