पार्टी एक ढिक्का भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एक ढिक्का भएको दावी गरेका छन्।

माओवादी बैठक वाद, विवाद र सम्बाद हुँदै टुंगिन लागेको उनले जीकिर गरे । वाद विवाद र सम्बादमा यो बैठक टुंगिने उनले बताए ।

बैठकको चौथो दिन शनिबार ७४ जना केन्द्रीय सदस्यले धारणा राखे । सबैले अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमा समर्थन जनाए ।

अर्को बैठक आइतबार १ बजे बस्ने छ । ठोस र मूर्त कार्ययोजना ल्याउने उनको भनाइ छ ।

सेयर गर्नुहोस्