झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारमा कैदीबन्दीले टायर बाली आन्दोलन गरेका छन् । आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्।
कर्तव्य ज्यान मुद्दाका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा त्यहाँ भएका सबै कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन् । करिब १५ सय कैदीबन्दी लागतीको उभिएर आक्रमक भएपछि तनावग्रस्त बनेको हो ।
शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरे ।
कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरे । घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङ गर्यो ।
पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले सात राउन्ड गोली चलायो । ५ राउन्ड टेयर ग्यास हवाई फाइरिङ पनि गरेको थियो ।
कारागार तनावग्रस्त बनेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा तैनाथ गरिएको थियो।
कारागारभित्र लगाइएको आगो भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, कमल लगायतको दमकले नियन्त्रणमा लिए ।
तत्काल कैदी लावतीलाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार अगाडि बढ्ने सहमति भएको छ ।