सम्झौता नभएका मुलुकका सेनामा भर्ती नहुन आग्रह

काठमाडौं । सरकारले सम्झौता नभएका मुलुकको सेनामा भर्ती नहुन आग्रह गरेको छ।

परम्परागतरूपमा सम्झौता भएका केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुन्छन् । परम्परागत सम्झौताअनुसार नेपाली नागरिक बेलायत र भारतको सेनामा भर्ती हुन्छन्। सिंगापुर पुलिसमा पनि भर्ती हुने गरेका छन्।

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय रुस र युक्रेनका सेनामा नेपाली भर्ना भएको भन्दै आपत्ति जनाएको हो । दुई देशबीचको युद्धका कारण ती मुलुकहरूमा नेपालीहरू सेनामा भर्ती भएको पछिल्लो समयमा चर्चा भइरहेको छ । सरकारले त्यस्ता मुलुकमा भर्ना नहुन आग्रह गरेको हो ।

युद्धग्रस्त मुलुकहमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ,परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, सम्झौताबाहेकका अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।

सेयर गर्नुहोस्