पोर्चुगल । विश्व युवा सम्मेलनको अवसरमा पोर्चुगलको हम्बर्टो डेलगाडो एयरपोर्टमा असीमित उडान हुने भएका छन् ।
दिवसमा आउजाउमा सहजता ल्याउन पोर्चुगल सरकारले अध्यादेशमार्फत उडान सीमा हटाएको हो । अगस्ट ८ तारिखसम्म सीमाबिना उडान गर्न अनुमति दिइएको छ ।
अध्यादेशले जुलाई २८ र अगस्ट ८ को बीचमा हम्बर्टो डेलगाडो एयरपोर्टमा विमान सञ्चालनका लागि असाधारण व्यवस्था गरेको हो ।
यो असाधारण व्यवस्थाले तोकिएको समय स्लटको साथ अनुसूचित वायु आवागमनलाई मात्र कभर गर्ने छ ।