विश्वमा गर्मीको असर बढ्दै

पोर्चुगल । जलवायु परिवर्तनका कारण विश्वकै तापक्रम बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षको जुलाइ महिनामा इतिहासकै गर्मी भएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी महिना भएको पुष्टि गरेका हुन् ।

राष्ट्रसंघ महासचिव एन्टोनिया गुटेर्रेसले जलवायु परिवर्तनले भयानक रुप लिइरहेको बताएका छन् । उच्चतम तापक्रमको यो अवस्था खतरनाक सुरुआत मात्र रहेको संकेत गरेका छन् ।

यो जुलाईमा गर्मीको असर विश्वभर देखिएको छ । जर्मनीको लाइपिग विश्वविद्यालयले यो पटक विश्वमै सबैभन्दा गर्मी भएको जनाएको छ । हालसम्मका सबै रेकर्ड यस महिनाले तोडेको छ ।

सन् २०१९ को जुलाईको तुलनामा औसतमा ०.२ डिग्री सेल्सियस बढीे छ । यसअघि यतिधेरै गर्मी १७४ वर्षअघि थियो ।

यो पटकको जुलाईको विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस बढीे छ । विश्वमा जिवाश्म इन्धनको दहन हुँदासम्म पृथ्वी तातिने क्रम बढ्ने तथ्य वैज्ञानिकहरुको छ ।

सेयर गर्नुहोस्