पोर्चुगलमा गुट्खा खाएर थुक्दा घरबाट निकाला

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा एक घरमा ६ महिना देखि डेरा गरी बस्दै आएका एकजना नेपाली घरबाट निकालिएका छन्। श्रोतले दिएको जानकारी अनुसार उनले गुट्का खाएर घरको झ्याल र ब्राण्डीमा थुक्दै आइरहेका थिए।

घरबेटी आएकै दिन उनले बिहान गुट्का खाएर थुकिरहेका थिए। घरबेटीले देखेर सोधपुछ गर्दा उनको मुख रातो नै भएकोले घरबेटी डराएका थिए।  प्रदेस नं ४ तिर घर भएका उनी पोर्चुगल आएको २ बर्ष पुग्न थालेको छ।

केही दिन अगाडी नेपालबाट फर्किने साथीलाई उनले एक पेटी गुट्का मगाएको बुझिएको छ। पोर्चगलमा घरको सरसफाईमा ध्यान नदिदा धेरै नेपालीहरु घरबाट निकालिनु परेको घटना सुनिन थालेको छ।

मदिरापान गर्ने, रातको समयमा हो हल्ला गर्ने, झै झगडा गर्ने र फोहोर जतासुकै फाल्दिने गरेका कारण नेपालीलाई कोठा दिन हिच्किचाउने अवस्था बनेको छ।  कोठामा मात्रै हैन बाहिर सडकमा पनि मदिरा सेवन गरेर होहल्ला गर्दा केही दिन अगाडी पोर्चुगलको एक टेलिभिजनमा राष्ट्रिय समाचार बनेको थियो।

नेपालीहरुले आफ्नो बानी ब्यहोरा सुधार नगरे घर मात्र पाउन गार्हो हैन भविष्यमा कागजी प्रकियामा नै गार्हो हुन सक्ने सम्भावना रहेको जनकारहरु बताउछन्।  अहिले पनि ब्राजिलियन र केही अफ्रिकी मुलुकहरुका लागि पोर्चुगलको कागजी प्रकिया त्यती सहज छै

सेयर गर्नुहोस्