अवैध आप्रवासन, मानव बेचबिखन र शोषण विरुद्ध लड्न नयाँ कानुन : प्रधानमन्त्री कोस्टा

पोर्चुगल । प्रधानमन्त्री एन्टोनियो कोस्टाले अवैध आप्रवासन, मानव बेचबिखन र शोषण विरुद्ध लड्न नयाँ कानुन बनाउने बताएका छन् ।

टिमोर लेसको राजधानी डिलीमा तिमोरका राष्ट्रपति जोसे रामोस होर्टासँगको भेटवार्ताको पोर्चुगलमा तिमोरी जनताको गतिशीलता र श्रम शोषणको विषयमा थप अध्ययन गरी कानुन बनाउने बताए ।
टिमोरीहरुको सम्बन्धमा असर नपर्ने गरी सम्बोधन गर्न लागिएको प्रधानमन्त्री कोस्टाले बताए ।

फेरि भिसा जारी गर्न सुरु गरिएकोमा अब टिमोरीहरुको सम्बन्धमा असर नपुग्नेगरी श्रम कानुन बनाउने उनले बताए ।

आप्रावसान मानिसको आधारभुत अधिकार भएकाले रोक्न नसकिए पनि व्यवस्थित गर्र्ने पोर्चुगलले रणनीति अबलम्बन गर्ने भएको छ । पोर्चुगल अधिकारीहरुले गन्तव्य मुलुक र स्रोत मुलुक दुवैलाई फाइदा पुग्नेगरी कानुनी च्यानल निर्माण गर्ने बताएका छन् ।

कानुनबाट नै अवैध आप्रवासन र मानव बेचबिखन विरुद्ध लड्न सकिने पोर्चुगलले निष्कर्ष निकालेको छ । त्यसको अभ्यास गरिरहेको प्रधानमन्त्री टोस्टाले बताए ।

रामोस होर्टाको गत वर्ष भ्रमणको क्रममा पोर्चुगलमा टिमोरीहरु राम्रो जीवनयापनको अवस्थाबाट आकर्षित भएर पोर्चुगलमा आउने गरे पनि दुःख पाएको भन्दै ध्यानाकर्षण गराइएको थियो ।

रोजगारी वा आवासको कुनै ग्यारेन्टी बिना नै पोर्चुगलमा आइपुगेका टिमोरिस आप्रवासीहरूको मुद्दा सम्बोधन गर्न आवाज उठाइएको थियो । उक्त मुद्धा सम्बोधन गरी टिमोरीहरुलाई पोर्चुगलमा सहज अवस्थामा बासोबास गर्ने अवस्था सिर्जना गर्न दुवै देशले मिलेर काम गर्ने बताएका छन् ।

सेयर गर्नुहोस्