सय किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बरामद भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको राजस्व अनुसन्धान विभागका अनुसार हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको हो ।

सुन हङकङबाट ल्याइएको थियो । विभागले सुनसहित एजेन्ट र भरियालाई पनि पक्राउ गरेको छ । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा पक्राउ गरिएको हो ।

अध्यागमन र प्रहरीबाटसमेत सुन पास पास भइसकेक पनि विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको रेकर्डमा यसअघि एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो ।

सेयर गर्नुहोस्