अपमान महसुस गर्दै सहमतिबाट पछि हट्यो घले समूहको एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता भाडिएको छ । संस्थापन पक्ष र शेष घले समूहको सहमतिमा महाधिवेशन गर्ने सममति भए पनि पछिल्लो समयमा एकता नहुने देखिएको हो ।

दुवै पक्ष सँगै संयुक्तरुपमा महाधिवशेन गर्ने भन्दै सात बुँदे निर्णय गरेका थिए । एकताको महाधिवेशन गर्ने सहमति भए पनि शेष घले समूहले एक महिना नपुग्दै असन्तुष्टी जनाउँदै एकताबाट बाहिरिएको हो ।

संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा १७ जुलाईमा बसेको बैठकले तत्काल विश्वभरका सबै एनएनसीसीमा सम्मानजनक एकता हुन नसकेको भन्दै सहमतिबाट पछि हटेको हो ।

प्रधानमन्त्रीको रोहबरमा दुईवटा संघका अध्यक्षहरुले एकताको महाधिवेशन गर्ने सहमति गरेका थिए । तर, कुँवर नेतृ्त्वको एनआरएनएले ७ वटा निर्णय पालना गरे पनि अर्को पक्षले पालना नगरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सहमति कार्यान्वयन नगरेको प्रतिवेदन सरकारलाई बुझाउने तयारी कुँवरहरुको छ । सचिव कृष्ण केसीद्धारा जारी विज्ञप्तिमा आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाधिवेशन गर्नका लागि छिट्टै बैठक बस्ने निर्णय गरेको छ ।उक्त संघले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्य खुला गर्न आह्वान गरेको छ ।

सेयर गर्नुहोस्