काठमाडौं । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले शरणार्थी प्रकरण लुकाउन एसएसपीको सरुवा गरेका छन् । नक्कली शरणार्थी प्रकरणको ढाकछेप गर्न प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसी र दानबहादुर कार्कीलाई सरुवा गरेका हुन् ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरको प्रस्तावमा गृहमन्त्रीले सरुवा गरेका हुन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालय लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको फाइल डा केसीले खोलेका थिए । डा केसी नेतृत्वको टिमले नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउने मुख्य आरोपित सानु भण्डारी र केशव दुलालको समूहलाई पक्राउ गरेर मुद्दा अघि बढाएको हो । उनीशरुलमई अनुसन्धानमा साथ दिएका उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई पनि मन्त्रिपरिषद्ले सरुवा गरिसकेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर काठमाडौँमा भूपेन्द्र खत्रीलाई लगिएको छ। प्रहरी प्रधान कार्यालयस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ ।
जथाभावी सरुवाले असार २८ मा जारी भएको सरुवा मापदण्ड उल्लंघन भएको छ । एसएसपीको सरुवा १ वर्षमा गर्ने भनिए पनि केही महिनामै हुँदा मापदण्ड उल्लंघन भएको हो । ६ महिना नपुग्दै उनीहरुलाइै अन्यत्रै सारिएको हो ।