सन्जु सानै ऊमेर देखी तेज़ दिमाख भयको युवा हुन् ।
स्कुल मा हुदा कक्षा मा मात्र होईन अतिरिक्त कृयाकलाव मा पनि सन्जु प्रथम हुन्थे । निम्न वर्ग मा जन्मेका सन्जु को वावु आमा गाऊ घर मा चामल मकै खरिद गरि वजार मा अलि महंगो मा वेचेर हुन्छ ,या निमेक पर्म गरेर हुन्छ, छोरा लाई पढ्न मा कुनै कमि गरायनन् । छोरा को पढाई को सफलता नै ऊनीहरु को आराम गर्ने चौतारी थियो । सन्जु पनि मिहिनेत गरेर पढे एस एल सि पनि ऊच्च ६४४ अंक ८०.५०% का साथ पास भय +२ सदरमुकाम वाट पढे भने ऊनले स्नातक पि एन क्याम्पस वाट गरे स्कुल मा एक जना राहत सिक्षक चाहीयो सन्जु ले पनि आवेदन दिय तर तेहा सन्जु को केही लागेन स्कुल मा स्कुल संचालक का समिति का अध्यक्ष का भान्जा पर्ने लाई मिलाइयो भित्र भित्रै ।
तेसपछी सन्जु ले विधुत् अफीस मा जागीर खुलेको र तेहा पनि फ़र्म भरे लिखित मा नाम निस्कीयो अनि अन्तरवार्ता मा वैकल्पिक मा परे । वरु छिमेकी नेता को छोरा जो आई ए पास भयको छ न रंग न ढंग को छ ऊ पो नाम निकाल्न सफल भयो ।
किन कि छिमेकी नेता हुन् सत्ता अहीले ऊनको पाटी को छ ऊर्जा मन्री ऊनकै पाटी को छ । भनसुन मा ऊसले जागीर पायो तर एक गरिव र श्रमगरेर खाने परिवार को ट्यालेन्ट युवा ले जागीर पायन ।
अव संन्जु लाई गाऊ घर वस्न मन लागेन सोच्यो,
काठमन्डौ गयर केही गर्दछु ,पढ्दछु ,केही जागीर खान्छु ।यस्तै यस्तै सोचाई वनायर घर सल्लाह गर्यो वावु आमा ले पनि २ वाख्रा वेचेर ३० हजार छोरा लाई पैसा दिय। अनि सन्जु काठमाण्डौ गयो ।सन्जु को साथी ले कोठा खोज्ने सहयोग गरे मंसीर को ७ गते सन्जु काठमाण्डौ पुग्यो १०गते कोठा पायो तर घर भेटी ले १ गते देखी कै भाडा लिय कोठा भाडा महीना ४५०० पर्यो सन्जु जागीर को लागी हिड्यो ठमेल का रेस्टुरेन्ट देखी वागवजार का सवै कन्सल्टेंसी अनि असन का पसल देखी एअरपोर्ट अगाडी का सवै ट्राभल मा सि भी दियो ।
ठमेल को एक भेजीटेरीयन रेस्टुरेन्ट ले काम मा वोलायो मंसीर २० वाट अनि सर्त भयो १० दिन ट्रायल काम को विना तलव तेसपछी मासिक १० हजार ।
तेही पनि ऊसले स्वीकार गर्यो । अनि सोच्यो ऊता घर भेटी को मा मंसीर १० मा जादा १ देखी कै भाडा तिर्नु पर्ने फेरी यता काम मा २० वाट गर्दा १० दिन को विना तलव गर्नु पर्ने ।
सन्जु ले सोच्यो काठमान्डौ पढेको र इमान्दार को लागी रहेनछ ।
तै पनि सन्जु ले काम गर्यो साहु ले पनि मन पराय सन्जु ले मिहिनेत को साथ काम गर्यो ।कहिले काही साहु ले सुन्दरी हरु ल्याऊदथे ऊनीहरु को फोटो खिचेर आफ्नो रेस्टुरेन्ट को फेसवुक पेज मा हाल्दथे अनि खाना खुवाऊदथे ऊनीहरु लाई ८/१० हजार तु दिन्थे । तर सन्जु लाई तलव दिन पनि एक दम गार्हो गर्दथे कहिले ५००कहिले १००० दिन्थे। अव सन्जु सोच्न थाल्यो के म पुरुष भयकै कारण ले हो मलाई पैसा नदियको एकै छिन आयर वसेर फोटो खिचेको लाई फिरी खाना ऊल्टो ८/१० हजार पैसा दिने साहु जि कहिले काही दोहोरी अनि क्लव मा गय भने ८/१० हजार टिप्स पनि दिने तर म काम गरेको परिश्रम दिन गार्हो किन ?? यही सोचाई मा २ महीना काम गरेर सन्जु तेहा वाट निस्कीयो ।तेसपछी सन्जु लाई एक कन्सल्टेंसी ले वोलायो ।महीना को १२ हजार तलव दिने सर्त मा ऊसले काम गर्यो सवै सग डिल गर्नु पर्ने सवै को पैसा वुझ्नु पर्ने पोल्याव्ड माल्टा आस्ट्रेलिय को लागी विधार्थी भिषा जान चाहने सग डिल गर्नु पर्ने । तर साहुजी नदेखीने ।
केही दिन पछी कन्सल्टेंसी को मालिक फ़रार भय ।१ करोड खायर फ़रार अव सवै अफीस मा आयर सन्जु लाई नै कराऊन थाले । सन्जु लाई दलाल यही हो भन्न थाले । प्रहरी आयो केरकार गर्यो सन्जु लाई पनि १/२ रात हिरासत राख्यो । सन्जु को मन वेचैन भयो । गाऊ मा पावर र राजनीति नाता वाद कृपावाद वाट पिडीत भयो सहर मा आयो सगै पढेकी केटी आरुसी साथी स्कुटर मा हिड्दछे किन कि ऊसको एऊटा धनि मान्छे सग लिभीङ्ग टुगेदर मा छे रे अध्यागमन मा काम गर्ने सरकारी अधवैसे ले लिभीङ्ग पाटनर गरायको छ रे चाहेको वेला पैसा दिने सपिङ्ग गरिदिने स्कुटी किनीदिने गरेको छ । यता एस एल सि सगै दियको अर्जुन फ़ेल भयो मोटों खाईलाग्दो अर्जुन आज भोली काठमाण्डू मा पल्सर चढेर हिड्दछ । एक जना अधवैसे सग प्रेम मा छ रे प्रसस्त धन सम्पती भयकी। अधवैसे ले ऊसको सवै चाहना र रहर पुरा गरिदीयको छे ।
आज भोली गाऊ मा कुरा काट्न सुरु भयको छ सन्जु ले पढेर मात्र के गर्यो र वरु अर्जुन अनि पल्लो गाऊ को आरुसी ले त काठमन्डौ मा प्रगती गरेको रहेछन् तर सन्जु त अल्छीरहेछ पढेर पनि केही गरेन ।
गाऊ मा यस्ता कुरा सुन्दा अनि नेपाल सवै तिर देखेर हरेस खायको सन्जु ले हिजो वेलुकी फोन गरेर भन्यो दाई अझै पनि तिमी विदेस नआईजा भन्दछौ ।
म विदेस किन नजाऊ दाई म पनि आऊदछु पोर्चुगल
सन्जु को यी माथी को भोगाई र वाध्यता ले मैले पनि नाई भन्न सकिन । मन मनै तेही कुरा रातभरी गुन्जीरह्यो – दाई अव पनि किन नजाऊ विदेस म ।
रमेस राज वास्तोला
लिजवन पोर्चुगल